close

सिङ्गल सिङ्गल भिड्दै एलन मस्क र मार्क जुकरबर्ग !

टेकपाना टेकपाना

असार ७, २०८० १९:३३

सिङ्गल सिङ्गल भिड्दै एलन मस्क र मार्क जुकरबर्ग !

काठमाडौं । प्रविधि उद्याेगका दुई हस्ती एलन मस्क र मार्क जुकरबर्गबीच बेलाबेला विवाद भइरहन्छ । पछिल्लो समय जुकरबर्गले ट्वीटरजस्तै प्लेटफर्म ल्याउन लागेको खबर बाहिरिएको थियो । उक्त खबरपछि मस्कले जुकरबर्गको आलोचना गरेका थिए ।

यसैबीच बुधबार मस्क र जुकरबर्गले आफूहरू एक-अर्कासँग केज फाइट (cage fight) अर्थात् कुस्ती भिड्न तयार रहेकाे संकेत दिएका छन् ।

सबैभन्दा पहिले फ्रुथी (Froothie)का संस्थापक मारिओ नफलले एक ट्वीट गर्दै बुधबार जुकरबर्गले मस्कका सबै आइडिया कपी गरेको उल्लेख गरेका थिए ।

सो ट्वीटमा जुकरबर्गलाई व्यङ्ग्य गर्दै मस्कले संसार नै मार्क जुकरबर्गको मुठीमा छ भनेका थिए । जुकरबर्गले आफ्ना प्लेटफर्मबाट संसारलाई नै नियन्त्रण गर्न खोजेको मस्कको आरोप थियो । 

मस्कको उक्त आरोपमा रिप्लाई लेख्दै एक ट्वीटर प्रयोगकर्ताले लेखेका थिए, “आफ्नो ख्याल गर एलन मस्क । उनले (जुकरबर्ग) 'जुत्सु' (jujutsu-जापानी मार्सल आर्ट) सिकिरहेका छन् ।”

उक्त रिप्लाईको पनि रिप्लाई गर्दै मस्कले लेखे, “यदि उनी तयार छन् भने म पनि केज फाइट (सामान्य अर्थमा बुझ्दा कुस्ती)का लागि तयार छु । उक्त रिप्लाईमा रिप्लाई गर्दै 'पेन्नी टु एक्स' नाम भएका प्रयोगकर्ताले ‘तर, तिमीले तालिम लिनुपर्छ एलन मस्क’ लेखे ।

ती दुई रिप्लाईको स्क्रिनशट इन्स्टाग्राम स्टोरीमा राख्दै मार्क जुकरबर्गले ‘सेन्ड मि लोकेसन’ अर्थात् मलाई लोकेसन पठाऊ लेखे । 

 

याे समाचार ‘द भर्ज’का सम्पादक एलेक्स हेल्थले राखेका थिए । ट्वीटरमा राखिएको समाचारलाई रिप्लाई गर्दै मस्कले ‘भेगास अक्टागन’को एड्रेस दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले यस विषयमा मेटाका प्रवक्ता एन्डी स्टोनलाई सम्पर्क गरेको थियो । “इन्स्टाग्रामको स्टोरी आफैं बोल्छ,” उनले सीएनएनलाई भने । 

मस्क र जुकरबर्गले यो कुरालाई ख्यालख्यालै भनेका हुन् वा गम्भीर रूपमा भनेका हुन् स्पष्ट छैन । 

सम्बन्धित समाचारः मार्क जुकरबर्ग र एलन मस्क किन एक-अर्काका कट्टर विरोध गर्छन् ?

पछिल्लो अध्यावधिक: असार ७, २०८० २१:२६