close

अब एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा नै रेमिट्यान्स प्राप्त गर्न सकिने

टेकपाना टेकपाना

असार ८, २०८० १३:७

अब एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा नै रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं । डिजिटल फष्ट बैंकको रणनीति अनुरूप एनआईसी एसिया बैंकको मोबाइल बैकिङ एपमा नै रेमिट्यान्स प्राप्त गर्न सकिने भएको छ । बैंकका ग्राहकको नाममा विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने बैंकले जनाएको छ ।

डिजिटल कारोबारमा आम ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी यो सेवाको सुरुवात गरेको बैंकले बताएको छ । 

विदेशबाट पठाएको रेमिट्यान्स रकम प्राप्त गर्नको लागि मोबाइल बैकिङ एपमा भएको 'रेमिट्यान्स' अप्सनमा क्लिक गरि 'रिसिभ रेमिट' अप्सनमा ट्याप गरेर प्राप्त युनिक पिन राखेर आफूलाई प्राप्त रकम प्राप्त गर्न सक्नेछन् । 

यसरी प्राप्त भएको रकम सोही एपमार्फत बैंकमा रहेको आफ्नो खातामा डिपोजिट गर्न सकिनेछ । यो सेवासँगै ग्राहकले रेमिट्यान्स लिनकै लागि बैंकसम्म जानुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: असार ८, २०८० १३:४५