close

ईसेवाबाट जीवन बीमा नवीकरण गर्दा ५० हजार उपहार जित्ने मौका

टेकपाना टेकपाना

असार १७, २०८० १६:५०

ईसेवाबाट जीवन बीमा नवीकरण गर्दा ५० हजार उपहार जित्ने मौका

 

काठमाडौं । ईसेवाबाट जीवन बीमाको नवीकरण गर्दा ५० हजार रुपैयाँ नगद उपहार जित्न सकिने भएको छ । ईसेवाले आफ्ना प्रयोगकर्तालाई अनलाइन कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अफर ल्याएको हो । 

यो अफर अन्तर्गत २ देखि २५ असारसम्म ईसेवा मार्फत बीमा नवीकरण गर्ने प्रयोगकर्ता ५० हजार रुपैयाँको नगद उपहार अफरमा भाग लिन योग्य हुनेछन् । त्यस मध्येबाट भाग्यशाली एक जनाले सो रकम पाउने कम्पनीले जनाएको छ । 

त्यस्तै यो अफरमा बैंक लिङ्क अकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले एक हजार रुपैयाँ  क्याश ब्याक पाउनेछन् । कम्पनीका अनुसार दैनिक क्याश ब्याक विजेता हरेक हप्ताको अन्त्यमा  ईसेवाको फेसबुक पेज तथा ब्लग मार्फत घोषणा गरिनेछ । 

५० हजार रुपैयाँ जित्ने विजेताको नाम भने ईसेवाको फेसबुक पेजबाट हुने लाइभमा घोषणा हुनेछ । यो योजनामा सहभागी हुने ईसेवा प्रयोगकर्ताको केवाईसी भेरिफाइड भएको हुनुपर्ने बताइएको छ । कुनै पनि बीमा कम्पनीको नवीकरण ईसेवाबाट गर्ने प्रयोगकर्ता स्वतः यो अफरमा सहभागी हुने कम्पनीले उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: असार १७, २०८० १६:५०