मेडिकल टेक्नोलोजिस्ट बन्न चाहनेका लागि उपयुक्त कोर्ष, क-कसले पाउँछन् पढ्न ?
असार २८, २०८० १७:५४
काठमाडौं । नेपालमा पहिलो पटक ब्याचलर अफ साइन्स मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बीएससी एमएलटी) सन् १९८७ देखि पढाउन थालियो । त्यसबेला महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी) मा यो विषय सञ्चालन गरिएको थियो । एमएमसी त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एक आंगिक क्याम्पस हो ।
त्यसको निकै वर्षपछि यही कोर्ष पोखरा विश्वविद्यालयले पनि सुरु गर्याे । यस विश्वविद्यालयले भने सन् २००३ बाट यो कोर्ष पढाउन सुरु गरेको हो । यसरी नेपालमा सुरु भएको यो कोर्ष अहिले थप तीन विश्वविद्यालयहरू (काठमाडौं, पूर्वाञ्चल र राजर्षि जनक) र तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू (मदन भण्डारी, मधेश संस्थान र बीपी कोइराला) ले सञ्चालन गरिरहेका छन् ।
आज हामी पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने कोर्षबारे चर्चा गर्दै छौँ ।
कस्तो कोर्ष हाे याे ?
स्वास्थ्य क्षेत्रको यो एक प्राविधिक विषय हो । यसमा स्वास्थ्यका कोरा ज्ञानभन्दा पनि अन्य विषयकाे पढाइ हुन्छ । यो १३५ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर) को कोर्ष हो । यसलाई पारामेडिकल (अन्य विषयसँग स्वास्थ्य मिसाइएको) कोर्षका रुपमा समेत लिने गरिन्छ ।
यस कोर्षको मुख्य उद्देश्य सक्षम जनशक्ति उत्पादन गर्नु हो, जो अस्पतालमा हुने विभिन्न प्रयोगशालामा काम गर्न सकून् । कोर्ष अध्ययन गरेकाहरू विभिन्न डायग्नोसिस, थेराप्युटिक (therapeutic), रिह्याबिलिटेटिभ (rehabilitative) लगायत विभिन्न स्वास्थ्य सम्बन्धी अनुसन्धानका काममा सामेल हुन सक्छन् ।
यसका लागि उनीहरूले विभिन्न क्लिनिकमा काम गर्न सक्छन्, जसलाई ‘मेडिकल टेक्नोलोजिस्ट’ भनिन्छ । एसईईपछि तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेकालाई भने ‘मेडिकल टेक्निसियन’ भनिन्छ ।
पाठ्यक्रम
पाठ्यक्रममा भएका विषयलाई साधारण, मुख्य र सहयोगी गरी तीन भागमा वर्गीकरण गरिएको छ । साधारण विषयहरू एमबीबीएस, नर्सिङ लगायतका विभिन्न स्वास्थ्य सम्बन्धी कोर्षमा समेत पढाइ हुन्छ ।
यस कोर्षको मुख्य विषयमा भने माइक्रोबायोलोजी, बायो केमेस्ट्री र प्याथोलोजी छन् । त्यस्तै विद्यार्थीले भविष्यमा काम गर्दा सहयोगी हुने विषयहरू समेत पाठ्यक्रममा राखिएको छ ।
कोर्षको प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको छ । कोर्षको पहिलो, दोस्रो र तेस्रो सेमेस्टर २० क्रेडिटको छ । त्यस्तै चौंथाे २१, पाँचौं १९्, छैटाैं १५ र सातौं सेमेस्टर १३ क्रेडिटको रहेको छ । आठौं तथा अन्तिम सेमेस्टर भने इन्टर्नशिप र प्रोजेक्ट वर्कमा केन्द्रित गरिएको छ ।
पोखरा विश्वविद्यालयले यो कोर्ष सन् २०१८ मा अपडेट गरेको थियो । अहिले त्यही पाठ्यक्रम पढाइ भइरहेको छ ।
रेडियो टेक्नोलोजिस्टसँग के छ फरक ?
रेडियो टेक्नोलोजिस्ट बन्न ब्याचलर अफ साइन्स इन मेडिकल इमेजिङ टेक्नोलोजी (बीएससी एमआईटी) मा भर्ना हुनुपर्छ । जुन मेडिकल अथवा ल्याब टेक्निसियन जस्तै एक पारामेडिकल कोर्ष हो ।
यस कोर्ष उत्तीर्ण गर्ने विद्यार्थी एउटै तहका हुन्छन् । यी दुवै कोर्ष करिब उस्तै भएपनि विषय भने फरक छन् । दुवैले चिकित्सकलाई रोग निदान गर्नमा सहयोग गर्छ ।
भर्नाका लागि योग्यता
यस कोर्षमा भर्ना हुन चिकित्सा शिक्षा आयोग (एमईसी)ले प्रवेश परीक्षामा सहभागी हुनुपर्छ । जसमा विद्यार्थीले त्यसमा उत्तीर्ण हुनेपर्छ । त्यस परीक्षा लिँदै गर्दा नै विद्यार्थीले आफूले पढ्ने विषय चयन गरेका हुन्छन् ।
यो विषय पढ्न उनीहरुले कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र बायोलोजी वा तीन वर्षे डिप्लोमा तह सर्टिफिकेट इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (सीएमएलटी) अध्ययन गरेको हुनुपर्छ ।
साथै विद्यार्थीले २.४ जीपीए अथवा ५० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ । प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई कलेज चयन गर्न एमईसीले फाराम खुलाउँछ । विद्यार्थीले यो कोर्ष देशभरका जुनै कलेजमा पढ्न सक्छन् । त्यस्तै एमईसीले नै विद्यार्थीहरूलाई कलेज पठाउँछ ।
कहाँ कहाँ पढाइ हुन्छ ?
यो कोर्ष आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पढाइ भइरहेको छ । यसअन्तर्गत विश्वविद्यालयको आङ्गिक क्याम्पस ‘स्कुल अफ हेल्थ एन्ड अलाइड साइन्स’ पढाइ हुन्छ ।
साथै यो कोर्ष सञ्चालन गर्न तीन ओटा कलेजले सम्बन्धन लिएका छन्, जसमा नोबेल कलेज काठमाडौं, मोडर्न टेक्निकल कलेज काठमाडौं र क्रिम्सन अलेज अफ टेक्नोलोजी बुटवल छन् ।
एमईसीका अनुसार यो कोर्ष चलाउन कलेजसँग आफ्नै १०० शैयाको अस्पताल हुनुपर्छ । कुन कलेजलाई यो कोर्ष पढाउन दिने भन्ने कुरा ‘स्वास्थ्य शैक्षिक संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७८’ ले तोकेको छ ।
विद्यार्थी क्षमता, शुल्क र छात्रवृत्ति
यस विषयमा कति विद्यार्थी भर्ना लिने भन्ने कुरा एमईसीले प्रत्येक वर्ष विद्यार्थीले तोक्ने गर्छ । भौतिक पूर्वाधार, फ्याकल्टीको अवस्था लगायत विभिन्न कुराहरूलाई आधार बनाएर विद्यार्थी निर्धारण हुने गर्छ । जुन प्रत्येक वर्ष तलमाथि हुन सक्छ ।
यो कोर्ष पढाइ हुने प्रत्येक कलेजहरूमा ४० कोटा निर्धारण गरिएको छ । यस कोर्षमा भर्ना हुने कुल विद्यार्थीको ७० प्रतिशतले छात्रवृत्ति पाउँछन् । बाँकी ३० प्रतिशत विद्यार्थी भने पूर्ण शुल्कमा अध्ययन गर्ने विद्यार्थीलाई भने करिब सात लाख रुपैयाँ रहेको छ ।
करियर
यो विषय उत्तीर्ण गर्ने विद्यार्थीहरू निजामती सेवामा अधिकृत सरह हुन्छन् । उनीहरूले सरकारी अस्पताल, फरेन्सिक ल्याब, बायोटेक कम्पनी, एकेडेमिक इन्स्टिच्युट, निजी ल्याब लगायत विभिन्न क्षेत्रमा काम गर्न सक्छन् ।
समग्रमा भन्दा स्वास्थ्यको ‘कोर’ कोर्षमा भर्ना नभएका विद्यार्थीका लागि यो राम्रो विकल्प बन्न सक्छ ।
पाठ्यक्रम हेर्नुहोस्:
|
सेमेस्टर |
विषय |
|
पहिलो |
-मेडिकल ल्याब साइन्स -माइक्रोबायोलोजी १ -जेनेरल केमेस्ट्री १ -बायो स्टाटिक्स -ल्याब १, २ |
|
दोस्रो |
-बायोकेमेस्ट्री १ -एनाटोमी एन्ड साइकलोजी -जेनेरल साइटोलोजी -जेनेरल हिस्टोलोजी -एनालिटिकल केमेस्ट्री -ल्याब ३, ४, ५ -सेमिनार |
|
तेस्रो |
-माइक्रोबायोलोजी २ -बायोकेमेस्ट्री २ -एनाटोमी एन्ड फिजियोलोजी २ -मोलेकुलर सेल बायोलोजी -इम्युनोलोजी -ल्याब ६, ७, ८ -सेमिनार २ |
|
चौंथाे |
-माइक्रोबायोलोजी २ -जेनेरल प्याथोलोजी -साइटोप्याथोलोजी -बायो केमेस्ट्री ३ -हेल्थ एन्ड डिजिज् -ल्याब ९, १०, ११ |
|
पाँचौं |
-माइक्रोबायोलोजी ४ -हिस्टोप्याथोलोजी १ -बायो केमेस्ट्री ४ -हेमाटोलोजी १ -अप्लाइड बायोटेक -ल्याब १२, १३, १४ -सेमिनार ४ |
|
छैटौं |
-माइक्रो बायोलोजी ५ -माइक्रो बायोलोजी ६ -हिस्टोप्याथोलोजी २ -बायोकेमेस्ट्री ५ -हेमाटोलोजी १ -ल्याब १५, १६, १७ -सेमिनार ५ |
|
सातौं |
-माइक्रो बायोलोजी ७ -अटोस्पी एन्ड मेडिकल जुरिसप्रुडेन्स -बायोकेमेस्ट्री ६ -इम्युनो हेमेटोलोजी एन्ड बल्ड ब्याङ्क १ -क्लिनिकल ल्याब रिसर्च -ल्याब १८, १९, २० -सेमिनार ६ |
|
आठौं |
-इन्टर्नशिप -प्रोजेक्ट वर्क |
पछिल्लो अध्यावधिक: असार २८, २०८० १८:१८
