close

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा डाउन

टेकपाना टेकपाना

साउन १, २०८० १५:३१

प्रभु बैंकको मोबाइल बैंकिङ सेवा डाउन

काठमाडौं । प्रभु बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध भएको छ । ​बिहानैदेखि मोबाइल बैंकिङ नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।

एप विकासकर्ता एफवन सफ्टको सिस्टममा समस्या आउँदा माेबाइल बैंकिङ सेवा नचलेको बैंकका एक आईटी प्रतिनिधिले टेकपानालाई जानकारी दिए । साथै समस्या समाधानका लागि पहल भइरहेको समेत उनले जनाए । 

यता एफवान सफ्ट स्रोतले भने आफ्नो तर्फबाट कुनै समस्या नरहेको स्पष्टीकरण दिएकाे छ ।

"मोबाइल बैंकिङ एप बैंकको भएकाले त्यसमा समस्या आएर चलेको छैन होला, हामीले बैंकलाई सफ्टवेयर मात्र उपलब्ध गराएका हौं" कम्पनीका एक अधिकारी भने, "मोबाइल बैंकिङ बैंकमै राखेको सिस्टम हो, उनबीहरूकै सर्भर र सीबीएसमा चल्ने हो । केही समस्या आएको छ भने हाम्रो सपोर्ट टिमले हेर्छ ।"

पछिल्लो अध्यावधिक: साउन १, २०८० १६:२३