close

एन्ड्रोइड फोनमा गेमको एफपीएस कसरी चेक गर्ने ? यस्ता छन् दुई तरिका

टेकपाना टेकपाना

साउन १४, २०८० १३:५२

एन्ड्रोइड फोनमा गेमको एफपीएस कसरी चेक गर्ने ? यस्ता छन् दुई तरिका

काठमाडौं । चाहे तपाईं कहिले काहिँ खेन्ने भए पनि वा प्रतिस्पर्धी भए पनि आफ्नो डिभाइसको अधिकतम क्षमता थाहा पाइराख्दा राम्रै हुन्छ । आफूले स्मुथ किसिमको गेमिङ अनुभव पाइरहेको कुरा सुनिश्चित गर्ने सबैभन्दा सजिलो उपाय भनेकै एफपीएस गणनामाथि नजर लगाउनु नै हो ।

पीसी अर्थात् कम्प्युटरमा फ्रेम रेट ट्रयाक गर्ने कयौं तरिकाहरू छन्, तर जब कुरा तपाईंको फोन वा ट्याब्लेटको आउँछ, विकल्प सीमित भइदिन्छन् ।

 

के हो एफपीएस काउन्टर (गणक) ?

एफपीएस शब्दको अर्थ अनेक हुन्छ, तर विशेषगरी कति अधिकतम वा स्मुथ रुपमा तपाईंको गेम चलिरहेको छ भन्ने कुराका लागि यसलाई 'फ्रेम पर सेकेन्ड' को रूपमा बुझ्न सक्नु हुन्छ । एफपीएस काउन्टर एउटा साधारण टुल हो, जसले तपाईंको डिभाइसले प्रत्येक सेकेन्डमा प्राप्त गरेको फ्रेमको सङ्ख्या देखाउँछ ।

यस किसिमको हिसाबकिताब तुरुन्तातुरुन्ती हुन्छ र यसले निर्धारित स्तर अनुरूप भए नभएको, समस्या पत्ता लगाउन अथवा सहज महसुस गर्न सघाउँछ । सामान्य सूत्रको आधारमा प्रति सेकेन्डमा तपाईंले जति धेरै फ्रेम प्राप्त गर्नु हुन्छ, तपाईंको गेमिङ अनुभव समेत त्यति नै राम्रो भइरहेको छ भन्ने बुझिन्छ ।

कम्प्युटरमा विन्डोजका लागि उपलब्ध एफपीएस काउन्टर एपमार्फत  यो फिचर सक्रिय तुल्याउन सहज र एक्सेस गर्न सजिलो छ । एन्ड्रोइडमा भने यसका लागि विकल्प सीमित छन् ।

 

१. डिफल्ट गेम बुस्टर एप 

पर्फर्मेन्समा केन्द्रित अधिकांश एन्ड्रोइड फोनमा उनीहरूकै गेम बुस्टर एप अथवा कुनै किसिमको प्लगइन रहेको हुन्छ । उदाहरणका लागि पोको फोनमा गेम टर्बो सर्भिस दिइएको छ, रग फोनमा एक्स मोड र वनप्लसमा गेमिङ मोड पाउन सकिन्छ ।

सामान्यतया आफ्नो फोनमा गेम बुस्टर प्लगइनलाई सपोर्ट गर्ने गेम लञ्च गर्नु नै गेमिङ मोड सक्रिय पार्ने सबैभन्दा सजिलो उपाय हो । त्यसो गर्दा तपाईंले केही अप्सन सहित इनेबल अथवा टेम्पर गर्ने प्रोम्प्टिङ गरिरहेको हेड्स-अप नोटिफिकेसन देख्न सक्नु हुन्छ ।

यदि भएन भने तपाईंको एप  ग्यालरीमा भएको छुट्टै एप खोज्नुहोस् र तपाईंको मनपर्ने गेम उक्त लिस्टमा थप गरेको सुनिश्चित गर्नुहोस् । उदाहरणका लागि वनप्लस फोनमा एफपीएस सक्रिय तुल्याउने तरिका हेर्नुहोस्;

  • तपाईंले खेल्न चाहेको कुनै एउटा गेम खोल्नुहोस्, लगत्तै तपाईंले उक्त गेमका लागि गेमिङ मोड फिचर प्रयोग गर्न सक्ने जानकारीका लागि हेड्स-अप नोटिफिकेसन देखाइरहेको पाउनु हुनेछ ।
  • तपाईंको फोनको स्क्रिनको माथि दायाँ अथवा बायाँ कुनाबाट तलतर्फ स्वाइप गर्नु भयो भने त्यहाँ थुप्रै फिचर भएको मेनु पप-अप गर्नेछ ।
  • अप्सनअनुसार तलतर्फ स्क्रोल गर्नुहोस् र 'सिस्टम स्टाटस'मा ट्याप गर्नुहोस् । यसो गर्दा तपाईंले गेम खेलिरहँदा एफपीएस काउन्टर स्टिकी आउन सक्छ । तपाईंको फोन अनुसार तपाईंले आफ्नो प्रयोग भइरहेको सीपीयू तथा जीपीयू सम्बन्धी विवरण समेत त्यहाँ देख्न सक्नु हुन्छ ।

 

२. थर्ड पार्टी एपको सहयोगमा फ्रेम रेट ट्रयाक गर्ने तरिका 

वनप्लस, साओमी, रग र गुगल जस्ता निर्माताका अधिकांश गेमिङमा केन्द्रित फोनका लागि माथि दिइएको विकल्प नै पर्याप्त हुन सक्छ । तर त्यसरी पहिल्यै समावेश गरिएको गेमिङ मोड सबै फोनमा भने हुँदैन ।

त्यसका लागि प्ले स्टोरमा केही थर्ड-पार्टी एप रहेका छन्; जसले यस किसिमको सुविधा दिने दाबी गरिरहेका हुन्छन् । तर त्यस्ता अधिकांश एपले जीपीयूले रेन्डर गरेको सही फ्रेमरेट देखाउनुको साटो फोनको स्क्रिनको रिफ्रेश रेट मात्रै देखाउने गरेको पाइन्छ ।

तर हामीले त्यसमध्ये एउटा एफपीएस काउन्टर तथास्क्रिन रेकर्डरले भने उचित किसिमले काम गरेको पाएका थियौं ।

  • प्ले स्टोरमा गएर अथवा यहाँ क्लिक गरेर उक्त एप डाउनलोड गर्नुहोस् ।
  • एफपीएस मिटरको टोगल अन गर्नुहोस् र प्रोम्प्ट गरेपछि स्टार्ट नावमा ट्याप गरी एपलाई रेकर्ड र तपाईंको स्क्रिन कास्ट गर्न अनुमति दिनुहोस् ।
  • यति गरिसकेपछि आफूले मन पराएको कुनै पनि गेम खोल्नुहोस् र त्यसपछि तपाईंले आफ्नो फोनको स्क्रिनमा एफपीएस गणना भइरहेको देख्नु हुनेछ ।
  • जब तपाईंले गेम खेलेर सक्नु हुन्छ, यो एपमा गएर टोगल बन्द गर्न भने नबिर्सिनुहोस् ।  

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १३:५५