close

प्रयोगमा नरहेका वा रेस्पोन्स नगर्ने ईमेल र फोन नम्बर सरकारी वेबसाइटबाट हटाउनूः हेलो सरकार

टेकपाना टेकपाना

साउन १६, २०८० १५:४

प्रयोगमा नरहेका वा रेस्पोन्स नगर्ने ईमेल र फोन नम्बर सरकारी वेबसाइटबाट हटाउनूः हेलो सरकार

काठमाडौं । सरकारी कार्यालयहरूको वेबसाइटमा राखिएका कतिपय फोन नम्बर र ईमेल प्रयोगमा नआएको भन्दै गुनासाे बढ्न थालेपछि ‘हेलो सरकार’ ले त्यस्ता निष्क्रिय नम्बर र ईमेल हटाउन अनुराेध गरेकाे छ ।

सामाजिक सञ्जाल एक्समा एक पाेस्ट गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतकाे हेलाे सरकारले सेवाग्राहीलाई भ्रमित पार्ने किसिमले प्रयोगमा नआएका फोन नम्बर र ईमेल हटाउन सरकारी कार्यालयहरूलाई अनुरोध गरेको हाे ।

“सरकारी कार्यालयहरूले वेबसाइटमा राखेका कतिपय फोन नम्बर र ईमेल प्रयोगमा नरहेका वा रेस्पोन्स नगर्ने गरिएको भनी गुनासो रहेको छ । सेवाग्राहीलाई भ्रमित पार्ने किसिमले यदि यस्ता नम्बर र ईमेल सरकारी कार्यालयहरूले वेबसाइटमा राखेको भए जाँच गरी तत्काल हटाउन वा संसोधन गर्न अनुरोध छ,” हेलाे सरकारकाे पाेस्टमा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १८:५१