close

पाकिस्तानी दुलहीले दुलहाको देश भारतको भिसा नपाएपछि अनलाइनबाटै गरे मागी विवाह

टेकपाना टेकपाना

साउन २१, २०८० २०:४७

पाकिस्तानी दुलहीले दुलहाको देश भारतको भिसा नपाएपछि अनलाइनबाटै गरे मागी विवाह

काठमाडौं । भारतको भिसा पाउन नसके पछि एक पाकिस्तानी युवतीले भारत जोधापुरका युवकसँग अनलाइनबाटै विवाह गरेकी छिन् । पछिल्लो समय भारतका युवक सचिन र पाकिस्तानी चार सन्तानकी आमा सीमा हैदरले नेपालमा आएर गरेको विवाहको चर्चा सेला नपाउँदै नयाँ विवाहको घटना सतहमा आएको हो । 

भारतीय सञ्चार माध्यम एनडीटाइम्सका अनुसार कराचीमा रहेकी अमिना र जोधापुरका अर्बीज खानको विवाह दुबै परिवारले तय गरेका थिए । तर, अमिनाले भारतीय भिसा पाउन सकिनन् ।

विवाहपछि एनडीटीभीसँग कुरा गर्दै अर्बीजले भनेका छन्, “म नै पाकिस्तानमा गएर विवाह गर्न सक्थें । तर त्यहाँ गरेको विवाहलाई मेरो देशको कानूनले मान्यता दिँदैन । त्यसैले यदि मैले त्यहाँ गएर विवाह गरेको भए पनि पछि हामी भारतमै फर्केर पुनः विवाह गर्नुपर्ने हुन्थ्यो ।”

चार्टर्ड अकाउन्टेन्ट समेत रहेका अर्बीज बुधवार आफ्नो परिवार र साथीभाइलाई लिएर जोधापुरको अश्वाल समाज भवन पुगे र विवाहको तयारी गरे । त्यसपछि दुबै परिवारले धार्मिक परम्परा अनुसार भर्चुअल विवाह गरे । 

 यसबारे कुरा गर्दै अर्बीजले पाकिस्तानमा रहेका आफ्ना आफन्तले अमिनाको कुरा ल्याएपछि मागी विवाह भएको बताए । “हाम्रो परिवारका सदस्यहरूले यो विवाहको तयारी गरेका थिए,” अर्बीजले भने, “भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण रहेकाले हामीले अनलाइन विवाह गर्नुपरेको हो ।”

 

पछिल्लो अध्यावधिक: साउन २१, २०८० २०:४७