close

म ‘केज फाइट’ का लागि तयार छु, तर एलन मस्क नै आलटाल गर्दैछन्ः मार्क जुकरबर्ग

टेकपाना टेकपाना

साउन २२, २०८० १५:५

म ‘केज फाइट’ का लागि तयार छु, तर एलन मस्क नै आलटाल गर्दैछन्ः मार्क जुकरबर्ग

 

काठमाडौं । आइतबारदेखि एलन मस्क र मार्क जुकरबर्गबीचको केज फाइटले निकै चर्चा पाइरहेको छ । मस्कले आफूहरूबीचको भिडन्त एक्समा प्रत्यक्ष प्रसारण हुने भनेपछि यो विषयले बहस हुन थालेको छ । 

मस्कले आइतबार एक्स पोस्टमार्फत आफू लडाइँको तयारीका लागि दिनभर वेट लिफ्टिङ गरिरहेको जानकारी दिएका थिए । उक्त पोस्टको स्क्रिनशट थ्रेड्समा शेयर गर्दै जुकरबर्गले आफू तयार भइसकेको बताएका छन् ।

“म त आजै तयार छु,” जुकबरबर्गले थ्रेड्समा लेखेका छन्, “उनले पहिलो पटक मलाई चुनौती दिएको बेला मैले अगस्ट २६ मै भिडौं भनेको थिए । तर, उनले अहिलेसम्म पनि स्वीकार गरि सकेका छैनन् ।”

सोही पोस्ट मार्फत जुकरबर्गले ‘नट होल्डिङ माइ ब्रेथ’ भनेका छन् । यस्तो वाक्यांश प्रायः कुनै पनि कुरा नहुने अपेक्षा भएको बेला भन्ने गरिन्छ । यसको अर्थ मस्कले आलटाल गरेकै कारण यो लडाइँ नहुने जुकरबर्गको आशय छ । उनले सोही थ्रेड्स पोस्टमा रिप्लाई दिँदै लेखेका छन्, “मलाई यो खेल मन पर्छ र यहाँ जे भए पनि तालिम दिने मानिसहरूसँग प्रतिस्पर्धा गरिरहनेछु ।”

मस्कले भने हालसम्म जुकरबर्गको यो पोस्टबारे आफ्नो धारणा दिइसकेका छैनन् ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८० २०:१०