close

अब एउटै एपमा दुई ओटा नम्बरबाट ह्वाट्सएप चलाउन सकिने*

टेकपाना टेकपाना

साउन २८, २०८० १०:५९

अब एउटै एपमा दुई ओटा नम्बरबाट ह्वाट्सएप चलाउन सकिने*

काठमाडौं । मेटाको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि मल्टी अकाउन्ट फिचर ल्याउने भएको छ । एउटै ह्वाट्सएप अकाउन्टमा एकभन्दा बढी अकाउन्ट तथा नम्बर प्रयोग गर्न सकिने गरी कम्पनीले यस्तो फिचर ल्याउने भएको हो ।

यो फिचर फेसबुक तथा इन्स्टाग्राम जस्ता एपकै जसरी मल्टिपल अकाउन्ट इन सिङ्गल एप अर्थात एउटै एपमा थुप्रै अकाउन्टको सुविधा दिनेछ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२३.१७.८ मा यो फिचर रोलआउट हुने क्रममा छ ।

यद्यपि हाल यो फिचर विकासकै क्रममा रहेको छ र बेटा टेस्टरका लागि मात्र उपलब्ध छ । नयाँ अपडेट चाँडै नै सबै प्रयोगकर्ताका लागि सार्वजनिक हुने अनुमान गरिएको छ । नयाँ अपडेटसँगै पर्सनल तथा प्राइभेट च्याट कुराकानी सबै अलग अलग रहनेछन् ।

नोटिफिकेसन समेत दुवै अकाउन्टका लागि छुट्टाछुट्टै रहनेछन् । अहिलेसम्म ह्वाट्सएपमा एउटै अकाउन्ट मात्र प्रयोग गर्न सकिने अवस्था छ ।

एक भन्दा बढी अकाउन्ट प्रयोग गर्नका लागि प्रयोगकर्ताले डुअल एप अथवा डुअल मोड जस्ता क्लोन फिचर प्रयोग गर्नुपर्ने हुन्छ । हालै मात्र ह्वाट्सएपले भिडिओ कलका लागि तीन नयाँ फिचर रोलआउट गरेको छ ।

जसमा स्क्रिन शेयरिङ तथा ल्यान्डस्केप मोड भिडिओ मेसेज फिचर सामेल छन् । स्क्रिन शेयरिङ फिचरको सहयोगमा प्रयोगकर्ताले भिडिओ कलिङको समयमा आफ्नो डिभाइसको स्क्रिन अर्को प्रयोगकर्तालाई शेयर गर्न सक्छन् ।

यसका साथै भिडिओ कलिङका दौरान मोबाइललाई ल्यान्डस्केप मोडमा पनि प्रयोग गर्न सकिन्छ । यस अलावा शेड्युल कलिङ फिचर समेत रोलआउट गरिएको छ ।

यसको सहयोगमा ह्वाट्सएप प्रयोगकर्ताले भ्वाइस तथा भिडिओ दुवै प्रकारका कल शेड्युल गर्न सक्नेछन् । यद्यपि, यसको प्रक्रियाको जानकारी अहिलेसम्म दिइएको छैन ।

यसका साथै भिडि‌ओ मेसेज फिचरको माध्यमबाट ह्वाट्सएप प्रयोगकर्ताले छोटो भिडिओ मेसेज समेत पठाउन सक्छन् । यो फिचरमार्फत प्रयोगकर्ताले ६० सेकेन्डसम्मको रियलटाइम भिडिओ रेकर्ड गरेर पठाउन सक्छन् ।

कम्पनीले यो मेसेज समेत इन्ट टु इन्ट इन्क्रिप्टेड राखिएको दाबी गरेको छ ।

*शीर्षकमा एप हुनुपर्नेमा मोबाइल पर्न गएकाले सच्याइएको छ । -स.

पछिल्लो अध्यावधिक: साउन २८, २०८० ११:३८