बुधबार चन्द्रमाको सतहमा अवतरण गर्दै चन्द्रयान ३, यस्ता छन् यानले पठाएका फोटो
भदौ ३, २०८० ११:२५
काठमाडौं । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रयान ३ ले पठाएको चन्द्रमा नजिकको फोटो सार्वजनिक गरेको छ । चन्द्रयान ३ को विक्रम ल्यान्डरले १५ र १७ अगस्टमा खिचेको फोटो इसरोले शुक्रबार सार्वजनिक गरेको हो ।
“चन्द्रयान ३ मिसनः १५ अगस्ट २०२३ मा ल्यान्डर पोजिसन डिटेक्सन क्यामेराले खिचेको चन्द्रमाको तस्बीर,” क्याप्सन राख्दै इसरोले एक्स (ट्वीटर)मा चन्द्रमाको क्लोजअप फोटो सार्वजनिक गरेको हो। सो ल्यान्डर १७ अगस्टमा प्रोपल्सन मोड्युलबाट छुट्टिएको थियो ।
इसरोका अनुसार चन्द्रयान ३ को विक्रम ल्यान्डर चन्द्रमाको सतहभन्दा २५*१३४ किलोमिटर माथि पुगेर परिक्रमा गरिरहेको छ । अहिलेसम्म उक्त परियोजना ठीक ढङ्गले अघि बढिरहेको छ । पहिलो पटक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण गर्ने लक्ष्य राखेको चन्द्रयान ३ बुधबार साँझ (करिब १७४५ घण्टा आईएसटीमा) अवतरण हुने इसरोको भनाइ छ ।
Chandrayaan-3 Mission:
— ISRO (@isro) August 18, 2023
View from the Lander Imager (LI) Camera-1
on August 17, 2023
just after the separation of the Lander Module from the Propulsion Module #Chandrayaan_3 #Ch3 pic.twitter.com/abPIyEn1Ad
पछिल्लो अध्यावधिक: भदौ ३, २०८० ११:२७
