close

अब सामाजिक सञ्जाल लगायतका सबै विज्ञापनको नियमन बोर्डमार्फत गरिने

टेकपाना टेकपाना

भदौ ३, २०८० १८:५६

अब सामाजिक सञ्जाल लगायतका सबै विज्ञापनको नियमन बोर्डमार्फत गरिने

काठमाडौं । सरकारले विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन गर्ने जिम्मेवारी विज्ञापन बोर्डलाई तोकेको छ । ३२ साउनमा राजपत्रमा प्रकाशित विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधन मार्फत यस्तो व्यवस्था गरिएको हो ।

त्यस क्रममा आधिकारिक च्यानल मार्फत विज्ञापन गरे वा नगरेको, ऐन तथा नियमावली बमोजिम विज्ञापन भए वा नभएको, बोर्डमा सूचीकृत सञ्चार माध्यम वा विज्ञापन एजेन्सी मार्फत विज्ञापन भए वा नभएको आधार लिइने नियमावलीमा उल्लेख छ ।

 

बोर्डलाई कारोबार रोक्का राख्ने सम्मको अधिकार

नियमावलीले बोर्डलाई कुनै विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीले ऐन, नियमावली वा अन्य प्रचलित कानून बमोजिम विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचार संहिता पालना नगरेमा त्यस्तो सञ्चार माध्यम वा विज्ञापन एजेन्सीलाई बोर्डलाई निश्चित अवधि किटान गरी विज्ञापन वा सूचना दिन वा लिन वा प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य गर्न रोक लगाउनसम्मको अधिकार दिएको छ ।

त्यस्तै नेपालमा दर्ता भएको टेलिभिजन संस्थाले कुनै विदेशी सङ्घ, संस्था वा टेलिभिजनबाट प्रसारणको अधिकार प्राप्त गरी अन्तर्राष्ट्रिय महत्त्वका कुनै कार्यक्रम वा खेलकुद सम्बन्धी सामग्री प्रसारण गर्दा त्यसमा नेपाली विज्ञापन प्रसारण गर्न चाहेको खण्डमा बोर्डलाई निश्चित दस्तुर बुझाएर स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

यस बाहेक सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा बोर्डमार्फत गर्नुपर्ने विषय समेत नियमावलीमा उल्लेख छ । यसका लागि विज्ञापनदाताले सञ्चार माध्यम छनौट गरी बोर्डको सूचना प्रविधि प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । तथा प्रसारण गर्ने

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १८:५६