close

चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको दृश्य फेसबुक र युट्युबमा लाइभ हेर्न सकिने

टेकपाना टेकपाना

भदौ ४, २०८० ११:१४

चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको दृश्य फेसबुक र युट्युबमा लाइभ हेर्न सकिने

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले चन्द्रयान ३ चन्द्रमामा अवतरण गरेको दृश्य प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ ।

आइतबार एक्समा एक पोस्ट गर्दै इसरोले चन्द्रयान-३ को लाइभ आफ्नाे आधिकारिक वेबसाइट, फेसबुक पेज, युट्युब च्यानल र डीडी नेसनल टिभीमा आउने जानकारी दिएको हो । 

चन्द्रयान ३ बुधबार नेपाली समय अनुसार साँझ ६ः १९ मिनेटमा चन्द्रमामा अवतरण गर्ने इसरोको भनाइ छ । हाल इसरोको आधिकारिक युट्युब च्यानलबाट शेड्युलमा राखिएको लाइभ बुधबार साँझ पौने छ बजेदेखि प्रसारण हुनेछ ।

वेबसाइमा लाइभ हेर्न यहाँ, फेसबुकमा हेर्न यहाँ र युट्युबमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

 

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० ११:१४