close

नास्टको सचिवमा नियुक्त भए डा. रविन्द्रप्रसाद ढकाल

टेकपाना टेकपाना

भदौ ८, २०८० १९:४३

नास्टको सचिवमा नियुक्त भए डा. रविन्द्रप्रसाद ढकाल

 

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सचिवमा डा. रविन्द्रप्रसाद ढकाल नियुक्त भएका छन् । उनलाई भदौ ३ गतेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को निर्णयले सो पदमा नियुक्त गरेको हो । 

यस अघि नास्टकै प्रविधि सङ्काय प्रमुख ‍रहेका उनले शुक्रवार मात्रै नियुक्ति पत्र बुझेका हुन् । नास्टको सचिवमा नियुक्त भएसँगै अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा अझ धेरै काम गर्ने उनले बताए । 

“विज्ञान तथा प्रविधिमा नेपाल पछि परेको छ । बजेट अभाव, गुणस्तरीय ल्याबको कमी लगायत विभिन्न कारण छन् । तिनको समाधानमा मेरो प्रयास हुनेछ,” उनले टेकपानासँगको कुराकानीमा भने । 

नवनियुक्त डा. ढकाल वरिष्ठ वैज्ञानिक अधिकृतका रूपमा सन् २०११ देखि नास्टमा आबद्ध छन् । सचिव नियुक्त हुनु अघि उनी मुख्य वरिष्ठ वैज्ञानिक अधिकृत तथा प्रविधि संकाय प्रमुखको रूपमा कार्यरत थिए ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० १९:४३