close

दरबार हाई स्कुलमा कोडिङ, एआई र रोबोटिक्स क्लास सुरु

टेकपाना टेकपाना

भदौ ९, २०८० ८:४८

दरबार हाई स्कुलमा कोडिङ, एआई र रोबोटिक्स क्लास सुरु

काठमाडौं । दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालयमा) रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ क्लास सुरु भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले 'बुकफ्रि फ्राइडे' अन्तर्गत ती क्लास सुरु भएको जानकारी दिएका हुन् ।

"कोडिङ सिकाइ अन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ," शाहले सामाजिक सञ्जालको पोस्टमा लेखेका छन्, "यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ । विद्यार्थीहरूको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो ।"

यस कार्यक्रम मार्फत सामुदायिक विद्यालयहरूबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्ने शाहको विश्वास छ ।

उनका अनुसार विद्यालयमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) का कक्षा सञ्चालनमा छन् । महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ क्लब गठन भइसकेका शाहले बताए । यसमार्फत ती क्लबको काम विश्वका १६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ९, २०८० ८:४८