काठमाडौं । कस्मिक नामक एउटा नयाँ डेटिङ एप बजारमा आएको छ । जसमा तपाईंलाई कसले लाइक गर्यो भन्ने कुरा हेर्ने तथा तपाईंले गरेको पछिल्लो स्वाइप फर्ता लिने जस्ता आधारभूत फिचरका लागि यो एपले कुनै शुल्क लिंदैन ।
यतिमात्र होइन कस्मिकले प्रस्नालिटी क्विज (क्विजको आधारमा व्यक्तित्व पहिचान गर्ने) र मसिन लर्निङ प्रविधि प्रयोग गरी प्रयोगकर्ताको उत्कृष्ट व्यक्तित्व झल्काउने प्रोफाइल तयार पार्न समेत सजिलो बनाएको छ । सार्वजनिक रूपमा उपलब्ध कस्मिक फ्रेन्ड्ली एप्स नामक स्टार्टअपको पहिलो उत्पादन हो ।
लामो समयदेखिका इन्जिनियर माइकल सेमनले स्थापना गरेको यो स्टार्टअपले सिड फण्डिङमार्फत ३० लाख अमेरिकी डलर प्राप्त गरेको छ । डेभलपरले आफू भर्खरको युवक छँदादेखि नै एपहरू बनाउँदै आएका छन् । जुन कुरा उनले आफ्नो पुस्तक 'एप किड' मा उल्लेख समेत गरेका छन् ।
जसबाट उनलाई फेसबुक, गुगल, रोबलक्स र एलन मस्कले खरिद गर्नुभन्दा अघि हालै ट्वीटरमा समेत भूमिका निभाउन सघाएको थियो । ट्वीटरमा सेमन किशोरकिशोरीका लागि उत्पादनको अनुभव बनाउने कार्यमा केन्द्रित हुने गर्थे । तर एलन मस्कले हत्याइसकेपछि उक्त प्रयास सुस्तायो र त्यसपछि सेमनलाई आफ्नै केही गर्न तर्फ धकेल्यो ।
उनको नयाँ कम्पनी खडा गर्नुको पछाडिको सोच भनेको अहिलेको समयमा धेरै एपहरू बने जस्तो प्रयोगकर्ताको स्वास्थ्यका लागि हानी नपुर्याउन विभिन्न मूल्य मान्यतासँगै एपहरूको स्विट तयार पार्नु हो । सेमनले त्यसको सुरुवातमा अनलाइन डेटिङको विश्वसँग जुध्ने निर्णय लिए ।
उनको विश्वास छ कि यो बजारमा प्रयोगकर्तामा तीव्र रूपमा वितृष्णा पैदा हुँदै गइरहेको छ । आजभोलिका एपहरू युजर इन्टरफेसको आधारमा प्रयोग गर्न सजिला हुन सक्ने बताउने सेमन तर ती एपमार्फत वास्तवमा प्रयोगकर्ताले जे खोजिरहेका छन्, त्यो फेला पार्ने कामका लागि भने प्रयोग गर्न कठिन रहेको उल्लेख गर्छन् ।
“धेरै पटक म मानिसहरूसँग डेटमा जान्छु र तर उनीहरूलाई भेटेपछि पहिले सोचेभन्दा फरक पाउँछु । धेरैजसो डेटिङ एपका प्रोफाइलमा पर्याप्त गहनताको अभावले नै त्यसो भएको हो,” ती संस्थापक भन्छन् ।
“साथै मेरो सोचाइमा यी एपहरूले काम गर्ने प्रकृति हेर्दा प्रयोगकर्ताको बारेमा, मसहित, त्यति धेरै कुराहरू देख्न पाइँदैन । हामी जो हौं, त्यसका लागि एपमा हाम्रो समग्र व्यक्तित्व शेयर गर्नुपर्छ । तर हामी एउटा सार्वजनिक बायोसँगै आफ्ना केही तस्विर मात्रै राखिरहेका हुन्छौं ।”
तर कस्मिकले फरक डङ्गले काम गर्न खोजिरहेको छ । प्रयोगकर्तालाई उनीहरूको आफ्नो बायो आफै तयार पार्न दिनुको साटो यसले तपाईंको बारेमा केही प्रश्न सोधेर व्यक्तित्वसँग सम्बन्धित क्विज गराउँछ । जस्तै- "रमाइलोको लागि तपाईं के गर्नु हुन्छ ?" "तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण विषय के हो ?" अथवा "भविष्यका लागि तपाईंको सपना के छ ?"
यी उत्तरहरू सम्बन्धित प्रयोगकर्ताका लागि 'प्राइभेट' अर्थात गोप्य रहन्छन्-जुन तपाईंको प्रोफाइलमा सबैले देख्नेगरी प्रकाशित हुँदैनन् । जब तपाईं सबै विवरण पूरा गर्नु हुन्छ, एपले तपाईंको प्रोफाइल तयार पार्न मसिन लर्निङ (एमएल) प्रविधिको सहयोगमा तपाईंका उत्तर प्रयोग गर्छ ।
आफूसँगै अन्य धेरै व्यक्ति बायोमा आफ्नो बारे त्यति राम्रोसँग व्याख्या राख्न नसक्ने देखेर यो सोच आएको सेमन बताउँछन् । उनको भनाईमा बायोमा कुन चिज राख्ने र कुन चिज छोड्ने भन्ने कुरा राम्रोसँग थाहा नहुँदा आवश्यक कुराहरू नै समावेश नभई सकिने गर्छ ।
यही सोचेर उनले फरक तरिकाले बायो तयार पार्ने कार्यले राम्रोसँग काम गर्ने महसुस उनले गरे, जहाँ प्रयोगकर्ताले एउटा प्रस्नालिटी क्विजमा खुला प्रश्नहरूको उत्तर लेख्नु पर्ने हुन्छ । जसलाई एमएल प्रविधिले तपाईंको समग्र प्रोफाइल तयार पारिदिन्छ ।
यसका लागि कस्मिकले तपाईंले क्विजमा प्रयोग गर्ने शब्दहरूबाट रुचि र मनोरञ्जनका लागि गर्ने गतिविधिसहित तपाईंको व्यक्तित्वका विशेषताहरू केलाउँछ । जस्तै कुन लोकप्रिय गीतले तपाईंको जीवनको व्याख्या गर्छ, तपाईंको मन मुटुमा भएको मुख्य कुरा अथवा तपाईंको उल्लेखनीय सबल पक्ष ।
यो एपको कोड लेख्ने र डिजाइनको काम टिम बिना सेमन आफैंले गरेका हुन्, जसका लागि ओपन सोर्स र प्रोप्राइटरी प्रविधिलाई एकै छातामुनी राखिएको छ । एआईले प्रयोगकर्ताको पूरा बायो लेख्न नसक्ने बताउने उनी त्यसरी लेखिएको बायो झुटो हुने विश्वास गर्छन् ।
प्रस्नालिटी क्विज र एआईले मात्रै कस्मिक डेटिङ एपलाई भिन्न बनाएको छैन, यसले गल्तीले भएका स्वाइप अनडु गर्न अर्थात फिर्ता लिने तथा तपाईंलाई कसले लाइक गर्यो भन्ने कुरा हेर्नका लागि शुल्क लिंदैन । "यसमा कुनै प्रवर्द्धन, सब्सक्रिप्सन र विज्ञापन छैन," सेमन भन्छन् ।
यद्यपि यो एपमा फोटो अपलोड, ब्लक गर्ने र रिपोर्टिङ गर्ने लगायत स्पाम रोकथामका विभिन्न टुलहरू समावेश छन् । यही २८ अगस्टमा अमेरिका, पेरु (जहाँबाट सेमनका बुबाआमा आएका हुन्), कोलम्बिया र दक्षिण अमेरिका र युरोपका अन्य केही देशमा उपलब्ध भएको एप बाँकी देशहरूमा भने प्रतीक्षाकै विषय बनेको छ ।