close

एमजीले ल्यायो २३० किलोमिटर रेन्ज भएको सस्तो बिजुली गाडी, मूल्य १७ लाख ९९ हजार

टेकपाना टेकपाना

भदौ २४, २०८० १६:४६

एमजीले ल्यायो २३० किलोमिटर रेन्ज भएको सस्तो बिजुली गाडी, मूल्य १७ लाख ९९ हजार

काठमाडौं । एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सस्तो बिजुली गाडी नेपाल भित्र्याएको छ । कम्पनीले आइतवार एमजी फोर ईभीसँगै २३० किलोमिटर रेन्ज भएको एमजी कोमेट ईभी सार्वजनिक गरेको हो ।  

पेस र प्ले भरियन्टमा उपलब्ध एमजी कोमेट ईभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमएम, उचाइ १६४० एमएम र ह्विलबेस २०१० एमएम रहेको छ । ४.२ मिटर टर्निङ सर्कल रेडियस रहेको यो गाडीमा पर्मानेन्ट म्यागनेट सिङ्क्रोनस मोटर राखिएको छ । चार ओटा सिट भएको एमजी कोमेट ईभीमा दुई ओटा ढोका रहेका छन् । 

सुरक्षाको कुरा गर्नु पर्दा यो गाडीमा डुअल फ्रन्ट एयरब्याग, एबीएस प्लस ईबीडी ब्रेकिङ सिस्टम, रियर पार्किङ सेन्सर, एलईडी रिअर फग ल्याम्प, टायर प्रेसर मनिटरिङ सिस्टम लगायतका सुविधा छन् । त्यसबाहेक यो गाडीमा फ्रन्ट एन्ड रियर सिट बेल्ट रिमाइन्डर, स्पिड सेन्सिङ अटो डोर लक, इम्प्याक्ट सेन्सिङ डोर लक जस्ता आकर्षक सेफ्टी फिचर पनि छन् । 

इन्फोटेन्मेन्टको सन्दर्भमा प्ले भरियन्टनमा २०.०४ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ । साथै गाडीमा दुई ओटा स्पिकर, ब्लुटुथ म्युजिक एन्ड कलिङ सिस्टम र स्टेरिङ माउन्टेड अडियो कन्ट्रोल जस्ता सुविधा दिइएका छन् । 

पेस भेरियन्टमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । सो ब्याट्रीले २३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । त्यसैगरी यो भेरियन्टमा कम्पनीले ३१.२६ किलोवाट क्षमताको मोटर समावेश छ । यी दुवै भेरियन्टमा रहेको ब्याट्रीले आईपी ६७ रेटिङ पाएको उल्लेख छ । 

११० एनएम उच्चतम टर्क रहेको यो ईभीको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको छ । 

त्यसैगरी प्ले भरियन्टको मूल्य पेसको तुलनामा तीन लाख रुपैयाँ बढी छ । अर्थात एमजी कोमेट ईभीको प्ले भरियन्टलाई २० लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको रेन्ज पनि पेस भरियन्टको जत्तिकै अर्थात एक पटकको चार्जमा २३० किलोमिटर रहेको छ । ब्याट्री र मोटर क्षमता पनि उही नै छ । 

यसको हाई भोल्टेज कम्पोनेन्टमा कम्पनीले तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी दिने बताएको छ । त्यस्तै ब्याट्रीमा भने आठ वर्ष वा एक लाख २० हजार किलोमिटर वारेन्टी पाइनेछ । 

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १६:४६