close

९ लाख मूल्य बराबरका ३२ थान अवैध मोबाइल सहित चार भारतीय नागरिक पक्राउ

टेकपाना टेकपाना

असोज ४, २०८० २०:४०

९ लाख मूल्य बराबरका ३२ थान अवैध मोबाइल सहित चार भारतीय नागरिक पक्राउ

 

काठमाडौं ।  नेपालगञ्ज विमानस्थलबाट अवैध रूपमा काठमाडौं लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार नेपालगञ्जको राझा विमानस्थलमा अवैध रूपमा काठमाडौंमा माेबाइल ल्याउन लागेका भारतीय नागरिकहरूलाई पक्राउ गरेकाे हाे ।

भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट आठ थान, पागनिसपागाका सचिन कुकरेजको साथबाट आठ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट आठ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट आठ गरी जम्मा ३२ थान मोबाइल बरामद गरिएको जिप्रका बाँकेले जनाएको छ । 

प्रहरीका अनुसार विमानस्थलमा उनीहरू चारै जनाको झोला एक्सरे मेसिनमार्फत चेकजाँच गर्ने क्रममा मोबाइल सेट फेला परेको थियो । उनीहरूको साथबाट वनप्लस, ओप्पो, रियलमी, रेड्मी, सामसङ लगायत ब्राण्डका सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

ती मोबाइल सेटको मूल्य अन्दाजी नौ लाख रुपैयाँ बराबर भएको प्रहरीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० २०:४०