close

राष्ट्रिय परिचयपत्र र केन्द्रीकृत केवाईसी विषयक कार्यक्रम हुँदै, भाग लिन यसरी गर्नुहोस् दर्ता

टेकपाना टेकपाना

असोज ८, २०८० १३:५१

राष्ट्रिय परिचयपत्र र केन्द्रीकृत केवाईसी विषयक कार्यक्रम हुँदै, भाग लिन यसरी गर्नुहोस् दर्ता

काठमाडौं । आउँदो शुक्रवार राष्ट्रिय परिचयपत्र र केन्द्रीकृत केवाईसी विषयक प्यानल छलफल कार्यक्रम आयोजना हुने भएको छ । फिनटेक अलायन्स नेपालको आयोजनामा राजधानी स्थित होटेल याक एण्ड यतीमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

नेपालको राष्ट्रिय परिचयपत्र प्रणाली र बैंक तथा वित्तीय क्षेत्रका लागि आवश्यक केन्द्रीकृत केवाईसीलाई आपसमा जोडेर लैजाने सन्दर्भमा यो कार्यक्रम महत्त्वपूर्ण हुने ठानिएको छ । आयोजकका अनुसार कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तर्फबाट प्राविधिक प्रस्तुतिका साथै विभाग, नेपाल राष्ट्र बैंक, फिनटेक अलायन्स नेपाल र विद्युतीय सुशासन आयोगका विज्ञ तथा प्रतिनिधिबिच प्यानल छलफल हुनेछ ।

उक्त छलफल कार्यक्रममा फिनटेक अलायन्स नेपालका अध्यक्ष तथा नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) का सीईओ सञ्जिव सुब्बा मोडरेटरको रूपमा रहने छन् । 

कार्यक्रममा सहभागीताका लागि सिट सङ्ख्या भने सीमित छ । कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी रजिस्ट्रेसन गर्नुपर्नेछ । आयोजकले यस किसिमका कार्यक्रमको दिगोपना कायम गर्न न्यूनतम् शुल्क लिइने जनाएको छ । 

यो कार्यक्रम बैंक तथा वित्तीय संस्था, टेलिकम तथा इन्टरनेट सेवा प्रदायक, बीमा कम्पनी, क्यापिटल मार्केट तथा ब्रोकर, रेमिट्यान्स कम्पनी, सरकारी सङ्घ संस्था, आईडी व्यवस्थापन, भिडिओ केवाईसी आदि क्षेत्रका सङ्घ संस्था तथा पेशाकर्मीहरूका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने ठानिएको छ ।

फिनटेक अलायन्स नेपालले नियमित रूपमा हरेक महिना फरक फरक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा टेकपाना डटकम मिडिया प्रालिको समेत सहयोग रहेको छ । 

 

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १४:५४