काठमाडौं । शब्दकै भरमा चित्र तयार पारिदिने ओपनएआईको जेनेरेटिभ एआई ड्याल-ई थ्री माइक्रोसफ्ट बिङ च्याट र बिङ क्रियटरमा उपलब्ध भएको छ ।
हालै ड्याल-ईमा नयाँ अपडेट गर्दै ओपनएआईले जेनेरेटिभ एआईको नयाँ भर्सन ल्याएको थियो । त्यही नयाँ भर्सनलाई माइक्रोसफ्टले बिङमा नि:शुल्क उपलब्ध गराएको हो ।
नयाँ भर्सन ड्याल-ई थ्री पुरानो ड्याल-ई टुको तुलनामा क्षमतावान् र प्रभावशाली रहेकाे माइक्रोसफ्टले बताएको छ । त्यस्तै एआईले तयार पार्ने चित्रहरूको विवरण अझ स्पष्ट हुने, अनुहार, अक्षर र मान्छेको हातको गुणस्तर सुधार हुने कम्पनीकाे भनाइ छ ।
ड्याल-ई टुले गर्न नसक्ने ‘फोटो रियालिस्टिक, क्रियटिभ र आर्टिस्टिक’ काम ड्याल-ई थ्रीले गर्न सक्नेछ । साथै ती चित्रहरूमा मिति र समय सहितको डिजिटल वाटरमार्क हुने र त्यसको आधारमा चित्र एआईले बनाएको थाहा पाउन सकिने छ ।
बिङको इमेज क्रियटरबाट चित्र बनाउन यहाँ क्लिक गर्नुहाेस् ।