close

अब क्रोममा १५ मिनेटसम्मको ब्राउजिङ हिस्ट्री डिलिट गर्न सकिने

टेकपाना टेकपाना

असोज २८, २०८० २१:१८

अब क्रोममा १५ मिनेटसम्मको ब्राउजिङ हिस्ट्री डिलिट गर्न सकिने

काठमाडौं । अब गुगल क्रोममा १५ मिनेटसम्मको हिस्ट्री डिलिट गर्न सकिने भएको छ । गुगलले आफ्नो सुरक्षा नीति परिवर्तन गर्दै क्रोम डिलिटी हिस्ट्री टुल अपडेट गरेको जानकारी दिएको हो ।

हाल क्रोममा आफूले गरेका गतिविधिहरूलाई विभिन्न समयका आधारमा डिलिट गर्न सकिन्छ । जसअनुसार एक घण्टा, २४ घण्टा, सात दिन, चार हप्ता वा सबै समय भनेर विकल्प दिइएको छ । अब भने १५ मिनेटसम्मको ब्राउजिङ हिस्ट्री, साइट डेटा र रिसेन्ट ट्याब डिलिट गर्न सकिन्छ ।

यद्यपि एन्ड्रोइड प्रयोगकर्ताहरूले मात्र यो नयाँ सुविधा प्रयोग गर्न पाउनेछन् । यो फिचर प्रयोग गर्न क्रोमको माथि दायाँपट्टि थ्री डटमा ट्याप गरी क्लियर ब्राउजिङ डेटामा सेलेक्ट गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०८० २१:१८