close

१० लाख पुरस्कार राशि रहेको पब्जी प्रतियोगिता डीआरएस शोडाउनको उपाधि होरा ई-स्पोर्ट्सलाई

टेकपाना टेकपाना

असोज ३०, २०८० १४:५४

१० लाख पुरस्कार राशि रहेको पब्जी प्रतियोगिता डीआरएस शोडाउनको उपाधि होरा ई-स्पोर्ट्सलाई

काठमाडौं । पब्जी टिम डीआरएस गेमिङले आयोजना गरेको पब्जी प्रतियोगिता डीआरएस शोडाउनको उपाधि ‘होरा ई-स्पोर्ट्स’ले जितेको छ । पब्जी टिम डीआरएस गेमिङ तथा स्काइलाइट गेमिङबाट खेलिसकेका माफिया निन्जा (उग्येन लामा )को नेतृत्वमा रहेको ‘होरा ई-स्पोर्ट्स’ले दोस्रो स्थानमा रहेको ‘इलुमिनेट क्रु’सँग ४५ पोइन्टको अन्तर कायम गर्दै प्रतियोगिताकाे उपाधिमाथि कब्जा जमाएकाे हाे ।

‘होरा ई-स्पोर्ट्स’ले २४ गेममा ६ चिकेन डिनर र १४१ एलिमिनेसन पोइन्ट ल्यायाे । दोस्रो स्थानमा रहेको ‘इलुमिनेट क्रु’ले चार चिकेन डिनर र १२० एलिमिनेसन पोइन्ट सहित १९५ पोइन्ट ल्यायाे । त्यस्तै तेस्रो स्थानमा ‘ट्राइब एरोमेसी’ र चौंथो स्थानमा ‘फोडिजिट गेमिङ’ रहे ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) खेलिसकेका टिमहरूले भने यो प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । यसअन्तर्गत ‘डीआरएस गेमिङ’ छैटौं, ‘डेडआइज गाइज’ १०औं, ‘टीटूके यूजी ई-स्पोर्ट्स’ ११औं र ‘लियो ई-स्पोर्ट्स’ १३औं स्थानमा रहे । 

योसँगै प्रतियोगिताको विजेता ‘होरा ई-स्पोर्ट्सले’ प्लेअफ र फाइनलको पुरस्कार राशि गरी कुल दुई लाख २९ हजार रुपैँया जितेकाे छ । त्यस्तै दोस्रो हुने टिम ‘इलुमिनेट क्रु’ले एक लाख एक हजार रुपैयाँ र तेस्रो हुने टिम ‘ट्राइब एरोमेसी’ ९३ हजार प्राप्त गर्‍याे ।

प्रतियोगिताको ‘माेस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ बनेका ट्राइब एरोमेसीका एएसटी जोयोले ३० हजार रुपैयाँ जिते । ‘फ्यान फेब्रेट प्लेयर’ माफिया निन्जा बने । उनले फ्यानहरूबाट गरिएको भोटिङमा डीआरएस गेमिङका किलर वाइटीलाई दोब्बरभन्दा धेरै भोटले पछि पारेका हुन् । उनले भोटिङमा ५३ हजार ३७० भोट पाएका थिए भने किलर वाइटीले २१ हजार ९३१ भोट पाएका थिए । निन्जाले १० हजार रुपैयाँ पाए ।  माफिया निन्जाले यो प्रतियोगिता ‘मामा होरा’को नामले खेलेका थिए ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १४:५४