close

टी२० सिरिजमा आज नेपाल र यूएई भिड्दै, आइएमई पेबाट टिकेट खरिद गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १, २०८० ७:२

टी२० सिरिजमा आज नेपाल र यूएई भिड्दै, आइएमई पेबाट टिकेट खरिद गर्न सकिने

काठमाडौं । नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टी२० आई सिरिज आजदेखि सुरु हुँदैछ । यस अन्तर्गत मुलपानी क्रेकेट मैदानमा दिउँसो १ बजेदेखि नेपाल र यूएईबीच पहिले खेल हुनेछ ।

यो खेलको टिकेट आईएमई पे वालेटबाट खरिद गर्न सकिने छ । आईएमई पे नेपालमा हुने हरेक अन्तर्राष्ट्रिय क्रिकेट खेलका लागि दुई वर्षसम्मका अनलाइन टिकेटिङ पार्टनर हाे ।

गत असोज १८ मा आइएमई पे र नेपाल क्रिकेट संघ (क्यान) बीच भएको रणनीतिक साझेदारी अनुसार नै आजदेखि सुरु हुने त्रिकोणात्मक टी२० सिरिजको टिकेट आइएमई पेबाट खरिद गर्न सकिने भएको हो ।

टिकेटबाट आएको १२.५ प्रतिशत रकम आइएमई पेलाई जाने र बाँकी अन्य सबै रकम क्यानले पाउने बताएको छ । त्यस्तै नेपालभरिका क्रिकेट मैदानका १०० जना कर्मचारीलाई आइएमई पेले बीमा सुविधा गराउने भएको छ ।

अनलाइन टिकेट काटेर खेल हेर्न आउने समर्थक घाइते भए पनि आइएमई पेबाट बीमा सुविधा उपलब्ध गराउने साझेदारी भएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० ७:२