close

२० प्रतिशत डाउन पेमेन्टमा नेटा-भी खरिद गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १, २०८० १६:३६

२० प्रतिशत डाउन पेमेन्टमा नेटा-भी खरिद गर्न सकिने

काठमाडौं । सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको नेटा-भी ईभी २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने भएको छ । ग्राहकलाई छिटो, छरितो र सहजताका साथ न्यूनतम ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराइरहेको सीजी मोटर्सले जनाएको छ ।

प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंकबाट यो कर्जा सुविधा लिन सकिने छ । यो योजना सीजी मोटर्सका सबै शोरुमबाट ग्राहकहरूले लिन सक्नेछन् ।

नेटा-भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो, जसकाे मूल्य ३७ लाख ९९ हजार रूपैयाँ रहेकाे छ । यसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ ।

यसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ । करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८०  किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ ।

लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधासमेत पाउने छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १७:३६