close

टेलिकम प्रयोगकर्ताले थाहा पाउनुपर्ने शर्टकोडहरू र प्रयोग गर्ने तरिका

टेकपाना टेकपाना

कात्तिक २२, २०८० १६:१६

टेलिकम प्रयोगकर्ताले थाहा पाउनुपर्ने शर्टकोडहरू र प्रयोग गर्ने तरिका

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको छ । तर  सबै ग्राहकलाई ती शर्टकोड थाहा हुँदैन ।

स्मार्ट तरिकाले टेलिकमको सेवा प्रयोग गर्न चाहनुहुन्छ भने यी शर्टकोडहरू प्रयोग गर्नु राम्रो मानिन्छ ।

सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं । तत्काल प्रयोग नगरेपनि यी शर्टकोड तथा यूएसएसडीको जानकारी थाहा पाइराख्नुभयो भने अरुबेला अवश्य काम लाग्न सक्छ ।

मोबाइल सेवाका लागि उपयोगी शर्ट कोडहरू:

कोड तरिका विवरण
१४५५ SUB लेखेर १४५५ मा SMS गर्ने CRBT Activate गर्न
  UNSUB लेखेर १४५५ मा SMS गर्ने CRBT Deactivate गर्न
१४७७ START लेखेर १४७७ मा SMS गर्ने NAMASTE CREDIT Activate गर्न
  STOP लेखेर १४७७ मा SMS गर्ने NAMASTE CREDIT Deactivate गर्न
१४१५ CB लेखेर १४१५ मा SMS गर्ने Postpaid Credit Limit थाहा पाउन
  BL लेखेर १४१५ मा SMS गर्ने Prepaid काे Balance थाहा पाउन
  VL लेखेर १४१५ मा SMS गर्ने Data Volume थाहा पाउन
  FR लेखेर १४१५ मा SMS गर्ने Free Resource थाहा पाउन
  PUK लेखेर १४१५ मा SMS गर्ने PUK Number थाहा पाउन
  CUG लेखेर १४१५ मा SMS गर्न CUG Name थाहा पाउन
  FNFSUB लेखेर १४१५ मा SMS गर्ने Friends & Family Numbers Subscriber गर्न
  FNFADD लेखेर १४१५ मा SMS गर्न Friends & Family Number Add गर्न
  FNFDEL लेखेर १४१५ मा SMS गर्न Friends & Family Number Delete गर्न
  FNFINQ लेखेर १४१५ मा SMS गर्ने Friends & Family Number Query गर्न
  FNFMOD लेखेर १४१५ मा SMS गर्ने Friends & Family Number Modify गर्न
  HELPFNF लेखेर १४१५ मा SMS गर्ने Friends & Family Number Order मा सहयोग माग्न
  TQ लेखेर १४१५ मा SMS गर्ने Prepaid Number को Last Top Up थाहा पाउन
  VD लेखेर १४१५ मा SMS गर्न Prepaid Number को Validity Period थाहा पाउन
  SCODE लेखेर १४१५ मा SMS गर्ने Prepaid Number Security Code थाहा पाउन

 

निम्न कोड डायल गरी विभिन्न सुविधा लिन सकिन्छ:

कोड सुविधा
*1414# नयाँ सिम पहिलो पटक Activate गर्न
*1415# विभिन्न प्याकेज खरिद गर्न
*400# मोबाइलमा ब्यालेन्स र क्रेडिट लिमिट थाहा पाउन
*144# मोबाइलमा ब्यालेन्स र क्रेडिट लिमिट थाहा पाउन
*422# ब्यालेन्स ट्रान्सफर गर्न
*133# ब्यालेन्स ट्रान्सफर गन
*122# विभिन्न सेवाहरुमा रिचार्ज गर्न
*412# विभिन्न सेवाहरुमा रिचार्ज गर्ने
*17123# विभिन्न प्याकेज र अन्य जानकारीका लागि कोड थाहा पाउन
*1416# एनटी फाइबर सम्बन्धी विभिन्न जानकारी लिन
*111# VoLTE अफर लिन 
*1442# CUG Add On प्याक खरिद गर्न 
*1422# VAS Query र Unsubscribe गर्न
*1477# नमस्ते क्रेडिट लिन

​विशेष शर्टकाेडहरू:

१००: प्रहरी
१०१: दमकल
१०२: एम्बुलेन्स
१०३: ट्राफिक प्रहरी
१०४: बालबालिका खोजतलास
१०५: नेपाली सेना, काठमाडौं उपत्यका
१०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
१०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१११ः सैनिक हस्पिटल छाउनी
१०९८: बाल हेल्पलाइन
११०३: ट्राफिक प्रहरी जावलाखेल
११११: हेलो सरकार
११४४: पर्यटक प्रहरी

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १६:४८