close

आईओई प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीले बीएससी (फिजिकल ग्रुप) मा भर्ना हुन पाउने

टेकपाना टेकपाना

कात्तिक २७, २०८० १५:४८

आईओई प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीले बीएससी (फिजिकल ग्रुप) मा भर्ना हुन पाउने

 

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत यस वर्षको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) अन्तर्गत बीएससी (फिजिकल) मा भर्ना हुन पाउने भएका छन् ।

आईओएसटीले एक सूचना जारी गर्दै प्रवेश परीक्षाका लागि दुवैतिर फाराम भरेको, तर आईओईको परीक्षामा उत्तीर्ण गरेको विद्यार्थीले बीएससी (फिजिकल) मा स्वत: भर्ना हुन पाउने जानकारी दिएको हो ।

यससँगै आईओईको कुल कोटा चार हजार ३४४ भित्र नपरेका वा आईओई अन्तर्गतका कलेजहरूमा पढ्न इच्छुक नभएका त्यस्ता विद्यार्थीलाई आईओएसटीको प्रवेश परीक्षा दिइराख्नु नपर्ने भएको छ ।

आईओएसटीका अनुसार त्यस्ता विद्यार्थीले बीएससी (फिजिकल) पढ्न तोकिएको न्यूनतम योग्यता भने पूरा गरेको हुनुपर्ने छ । त्यस्तै आईओएसटीको प्रवेश परीक्षाको तोकिएको शुल्क तिरी बीएससी प्रवेश परीक्षा २०८० आवेदन गरी आईओई प्रवेश परीक्षामा आफूले प्राप्त गरेको स्कोर कार्ड पनि अपलोड गर्नुपर्ने छ ।

साथै आईओईमा फाराम भर्दाका फोटो लगायतका सबै जानकारी एउटै हुनु पर्नेछ । यसबाहेक चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस वा सो सरहको अन्य विषयको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले बीएससी (बायोलोजिकल) मा भर्ना हुनसक्ने छन् ।

हाल बीएससी पढ्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षाको फाराम मङ्सिर १ गतेसम्म खुलाइएको छ । उनीहरूको प्रवेश परीक्षा भने मङ्सिर १६ गते हुनेछ । बीएससी प्रवेश परीक्षा २०८० बारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८० १५:४८