close

अब माइक्रोसफ्ट पेन्टमै शब्दका आधारमा तस्वीर बनाउन सकिने

टेकपाना टेकपाना

मंसिर १७, २०८० १५:४२

अब माइक्रोसफ्ट पेन्टमै शब्दका आधारमा तस्वीर बनाउन सकिने

काठमाडौं । माइक्रोसफ्टले आफ्नो इमेज जेनेरेटिङ एआई फिचर ‘कोक्रियटर’ (Cocreator)लाई विन्डोज ११ मा औपचारिक रुपमा उपलब्ध गराएको छ । यसअघि विन्डोज इन्साइडरमा मात्र उपलब्ध यो फिचर कम्पनीले विन्डोज ११ मा रहेको पेन्ट एपमा ल्याएको हो ।

यो ‘टेक्स्ट टु इमेज जेनेरेटर’लाई ओपनएआईको ड्याल-ई थ्री मोडेलबाट सञ्चालन गरिएको छ । ​पेन्टमा उपलब्ध यस टुलबाट प्रयोगकर्ताले दिएको निर्देशनको आधारमा तीन ओटा भिजुअल तयार हुने जनाइएको छ । तीमध्ये कुनै एउटालाई छानेर थप काम गर्न सकिने छ ।

पछिल्लो समयमा माइक्रोसफ्टले आफ्नो उत्पादन तथा सेवाहरूमा एआई एकीकृत गरिरहेको छ । ​पेन्टमा ड्याल-ई एकीकृत गरिएको त्यसको पछिल्लो उदाहरण हो ।

यसबाहेक अहिले माइक्रोसफ्टले आफ्नै एआई एसिस्टेन्ट कोपालइटलाई विशेष प्राथमिकता दिइरहेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८० १५:४२