close

नेपाली नागरिकलाई क्यासिनोमा छिराउन भारतीय आधार कार्ड बनाउने ३ जना पक्राउ

टेकपाना टेकपाना

मंसिर २०, २०८० १८:३३

नेपाली नागरिकलाई क्यासिनोमा छिराउन भारतीय आधार कार्ड बनाउने ३ जना पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनोमा छिराउन भारतीय आधार कार्ड बनाएको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट मङ्गलवार तीन जनालाई भारतीय आधार कार्ड बनाएको आरोपमा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौं बुढानिल्कण्ठ बस्दै आएका ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३९ वर्षीय नवीन राई र रूपन्देही घर भई हाल काठमाडौं तारकेश्वर बस्दै आएका २५ वर्षीय विनोद न्यौपाने रहेका छन् । 

कार्यालयका अनुसार प्रहरीले काठमाडौं उपत्यकाभित्र भएका क्यासिनोमा हुने विभिन्न क्रियाकलापमाथि सूक्ष्म रूपमा निगरानी गर्दै आएको थियो । त्यही क्रममा गोविन्द खड्काले उपत्यकाका विभिन्न क्यासिनोमा नेपाली नागरिकलाई भारतीय कागजात बनाएर प्रवेश गराउने गरेको पत्ता लगायो । उनलाई पक्राउ गर्दा त्यस कार्यमा संलग्न थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १८:४८