close

‘एनसेलको शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरिएको हो’

टेकपाना टेकपाना

मंसिर २१, २०८० १२:२७

‘एनसेलको शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरिएको हो’

काठमाडौं । स्पेक्ट्रलाइट यूके लिमिटेडका लगानीकर्ता एवं नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यले आफ्नो कम्पनीले एनसेलको शेयर प्रतिस्पर्धाबाट छनौट भएर खरिद गरेको जिकिर गरेका छन् । बिहीवार एनसेलले निकालेकाे एक विज्ञप्तिमा आचार्यले विभिन्न प्रतिस्पर्धाबाट आफ्नो कम्पनी पहिलो भएर शेयर सम्झौता भएको दाबी गरेका हुन् ।

“आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरू मध्येबाट पहिलो भई छानिएको हो,” आचार्यले भनेका छन्, “शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेता मार्फत निर्धारण गरिएको हो ।”

उनले अगाडि भनेका छन्, “सहमति भएको सम्झौता ढाँचाअनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभ नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ ।”

हालै सम्पन्न भएको एनसेल शेयर खरिद बिक्री प्रक्रिया र मूल्य निर्धारणलाई लिएर चर्को आलोचना भइरहेकाे छ । सन् २०२९ पछि स्वतः नेपाल सरकारको स्वामित्वमा आउने कम्पनी जालझेल गरी सरकारी स्वामित्वमा आउनै नदिन यस्तो रणनीति अपनाएको जानकारहरूको आरोप छ ।

सम्बन्धित समाचारः

एनसेलकाे शेयर खरिद-बिक्री राेक्न लेखा समितिकाे निर्देशन 

‘एनसेलको शेयर खरिद-बिक्री शंकास्पद, छानबिन हुन्छ’

एनसेलको नाममा यसरी लुटिंदैछ नेपाल

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० १२:३६