close

रेस्टुराँ, मार्ट, होलसेल तथा रिटेल पसल व्यवस्थापनका लागि उपयोगी नेपाली सफ्टवेयर ‘टिग’

टेकपाना टेकपाना

मंसिर २१, २०८० १४:५२

रेस्टुराँ, मार्ट, होलसेल तथा रिटेल पसल व्यवस्थापनका लागि उपयोगी नेपाली सफ्टवेयर ‘टिग’

काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित नेपाली सफ्टवेयर टिग अब रेस्टुराँ र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेयर ​टिगमा हालै रेस्टुराँ, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो । 

टिगलाई अहिलेसम्म १५ सय बढी व्यवसायहरूले प्रयोग गर्दै आएका छन् । कम्पनीका अनुसार कर्णाली प्रदेशका दुर्गम जिल्लामा दुई दर्जनभन्दा बढी व्यवसायीहरूले पनि यो अकाउन्टिङ सफ्टवेयर निःशुल्क प्रयोग गरिरहेका छन् ।

साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेस्ट्रो मोड्युल पनि थप गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले बताए । “टिगको लक्ष्य साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउनु हो,” उनले भने, “त्यसै अनुसार टिगमा रेस्टुराँ, साना मार्ट, होलसेल र रिटेल पसललाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिने गरी नयाँ सुविधा ल्याएका छौं । ​टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघि देखि नै उपलब्ध छ ।”

रेस्टुराँ, क्याफे वा मार्ट व्यवसायीले सफ्टवेयरको डेमो निःशुल्क रूपमा हेर्न सक्नेछन् । यसबाहेक टिगले व्यवसायीलाई तालिम समेत उपलब्ध गराउँदै आएको छ । सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निःशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगकी सह-संस्थापक प्राथना शाखःले बताइन् ।

नयाँ सेवा सार्वजनिक गरेको अवसरमा अहिले टिगको अकाउन्टिङ, रिटेल र रेस्ट्रो सेवाको खरिदमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । टिग रेस्ट्रोमा टेबल म्यानेजमेन्ट, अर्डर प्रोसेसिङ, किचेन अर्डर सिस्टम, मल्टिपल लोकेसन सपोर्ट, ह्याण्डहेल्ड डिभाइसबाटै अर्डर सुविधा, हार्डवयेरमा पीओएस इन्टिग्रेसन लगायतका विशेषताहरू छन् ।

यस्तै टिग रिटेलबाट सजिलै आफ्नो होलसेल पसल वा मार्ट व्यवस्थापन गर्न सकिने छ । यसबाट आफ्नो विभिन्न ठाउँमा रहेका पसल वा मार्ट सजिलै अनलाइनबाटै निगरानी राख्न र व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ । ​टिग रिटेलमा सेल्स अर्डर प्रोसेसिङ, बारकोड प्रिन्टिङ तथा स्क्यानिङ, रिसिप्ट प्रिन्टिङ, प्रोडक्ट व्यवस्थापन, रियल टाइम एनालाइसिस लगायतका सुविधा रहेका छन् ।

टिग क्लाउडमा आधारित सफ्टवेयर भएकाले प्रयोगकर्ताले जुनसुकै ठाउँबाट पनि यसलाई अनलाइनमार्फत चलाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० १४:५२