काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित नेपाली सफ्टवेयर टिग खरिदमा १० हजार रुपैयाँ छुट पाइने भएको छ । राजधानीमा जारी क्यान इन्फोटेकको अवसर पारी बीआईसी टेक्नोलोजीले टिग सफ्टवेयरमा छुट योजना ल्याएको हो ।
साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेस्ट्रो मोड्युल समावेश गरिएकाे छ । क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि कम्पनीले निःशुल्क डेमो समेत देखाएको छ ।
कम्पनीका अनुसार रेस्टुराँ, क्याफे वा मार्ट व्यवसायीले सफ्टवेयरको डेमो निःशुल्क रूपमा हेर्न सक्नेछन् । यसबाहेक टिगले व्यवसायीलाई तालिम समेत उपलब्ध गराउँदै आएको छ । सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निःशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ ।
यस्तै टिग रिटेलबाट सजिलै आफ्नो होलसेल पसल वा मार्ट व्यवस्थापन गर्न सकिने छ । यसबाट आफ्नो विभिन्न ठाउँमा रहेका पसल वा मार्ट सजिलै अनलाइनबाटै निगरानी राख्न र व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ । टिग रिटेलमा सेल्स अर्डर प्रोसेसिङ, बारकोड प्रिन्टिङ तथा स्क्यानिङ, रिसिप्ट प्रिन्टिङ, प्रोडक्ट व्यवस्थापन, रियल टाइम एनालिसिस लगायतका सुविधा रहेका छन् ।
टिग क्लाउडमा आधारित सफ्टवेयर भएकाले प्रयोगकर्ताले जुनसुकै ठाउँबाट पनि यसलाई अनलाइनमार्फत चलाउन सक्नेछन् ।