close

नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्ने १५० जनालाई इयरबड उपहार दिइने

टेकपाना टेकपाना

पुस १०, २०८० १२:३

नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्ने १५० जनालाई इयरबड उपहार दिइने

काठमाडौं । नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५० जना भाग्यशाली प्रयोगकर्ताले इयरबड पाउने भएका छन् । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा यस्तो अफर ल्याएको हो ।

पुस ८ गतेदेखि २९ गतेसम्म नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ता यो अफरमा सहभागी हुन सक्नेछन् । मोबाइल बैंकिङ, डिजिटल वालेट तथा कनेक्ट आईपीएसमार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

यही अवसरमा एनसीएचएलले नेपाल पे इन्स्याटन्ट मार्फत फन्ड ट्रान्सफर गर्दा सोही अवधिसम्म शुल्क नलिने बताएको छ । अर्थात् प्रयोगकर्ताले पुस ८ देखि २९ गतेसम्म बिना शुल्क नेपाल पे इन्स्ट्यान्ट मार्फत फन्ट ट्रान्सफर गर्न सक्नेछन् । नेपाल पे इन्स्ट्यान्ट भनेको कनेक्ट आईपीएसमा भएको यस्तो सुविधा हो जसमार्फत फोन नम्बरकै भरमा बैंकमा रकम ट्रान्सफर गर्न सकिन्छ । 

यसैगरी नेपाल पे क्यूआरमा मर्चेन्ट बनी पहिलो कारोबार गर्ने १५ मर्चेन्टले स्मार्टफोन जित्न सक्नेछन् । यसअघि मर्चेन्ट बनेका, तर पुस ८ देखि २९ भित्र पहिलो भुक्तानी प्राप्त गर्ने मर्चेन्ट पनि यो अफरमा सहभागी बन्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १२:१४