close

अनलाइनबाटै पासपोर्ट नवीकरण गर्न सकिने सिस्टम ल्याउँदै छौंः प्रधानमन्त्री

टेकपाना टेकपाना

पुस १०, २०८० १८:१०

अनलाइनबाटै पासपोर्ट नवीकरण गर्न सकिने सिस्टम ल्याउँदै छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका छन् ।

मङ्गलवार आफू नेतृत्वको सरकार एक वर्ष पुगेकाे अवसर पारी देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय परिचयपत्र तथा राहदानी प्राप्त गर्ने समयावधि छोट्याउने र राहदानी अनलाइनबाटै नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । 

"स्थानीय तहसमेतको सहयोगमा माघ मसान्तभित्र जनघनत्वका आधारमा जिल्ला प्रशासन कार्यालयहरूमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइनेछ," उनले भने, "राहदानी छपाई कार्यलाई प्रतिस्पर्धाका आधारमा अघि बढाइनेछ । यसैगरी अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।"

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १८:१४