close

यसरी लिनुहोस् ४ वर्षसम्म निःशुल्क प्रयोग गर्न मिल्ने सिद्धार्थ बैंकको क्रेडिट कार्ड र डिम्याट अकाउन्ट

टेकपाना टेकपाना

पुस १६, २०८० १९:३५

यसरी लिनुहोस् ४ वर्षसम्म निःशुल्क प्रयोग गर्न मिल्ने सिद्धार्थ बैंकको क्रेडिट कार्ड र डिम्याट अकाउन्ट

 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ‘फ्रिफोर’ योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले ९ पुसदेखि २९ पौषसम्म लागु हुने गरी यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत बैंकको ‘इजी बैंक पोर्टल’ (Easy Bank Portal) मार्फत क्रेडिट कार्ड र डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेवा चार वर्षसम्मका लागि निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ । 

यस योजनाले डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्ने बैंकको विश्वास छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले आगामी दिनमा यस्ता योजना निरन्तर लागु गर्दै जाने बताएको छ । 

 

क्रेडिट कार्ड र डिम्याट खाताका लागि कसरी दिने आवेदन ? 

सिद्धार्थ बैंकका अनुसार क्रेडिट कार्ड लिनका लागि सो बैंकमा खाता नभए पनि हुन्छ । त्यसको आवेदन दिन निम्न प्रक्रिया अपनाउन सक्नु हुन्छ । 

  • सबैभन्दा पहिला यहाँ क्लिक गरेर इजी बैंक पोर्टलमा रहेको क्रेडिट कार्ड रिक्वेस्ट सेक्सनमा जानुहोस् ।

  • त्यहाँ अप्लाई फर ‘न्यु क्रेडिट कार्ड’ (Apply for New Credit Card) को अप्सन स्वतः छानिएको हुन्छ । त्यसको तलपट्टि रहेको सब्मिट (Submit) बटनमा क्लिक गर्नुहोस् । 

  • यति गरिसकेपछि खुल्ने बक्समा आफ्नो व्यक्तिगत विवरण भर्नुहोस् र पुनः सब्मिट (Submit) बटन थिच्नुहोस् । 

  • यति गरेपछि तपाईंको ईमेलमा ओटीपी कोड आउँछ । त्यहाँ देखाइएको बक्समा उक्त ओटीपी कोड राख्नुहोस् र सब्मिट गर्नुहोस् ।

  • त्यसपछि फेरि मोबाइलमा आएको ओटीपी कोड राख्ने बक्स खुल्छ । त्यसमा पनि प्राप्त ओटीपी कोड राख्नुहोस् । 

  • यति गरिसकेपछि तपाईं क्रेडिट कार्डमा कति रकमका लागि योग्य हुनु हुन्छ भन्ने देखाइएको हुन्छ । त्यस्तोमा आफूलाई उपयुक्त लागेमा ‘एस’ (Yes) र अनुपयुक्त लागेमा (No) बटन दबाउनु होस् । 

  • यति गरिसकेपछि तपाईंको खाता छ भने ‘एस’ र छैन भने ‘नो’ अप्सन छान्नुहोस् । 

  • अकाउन्ट छ भने ईमेलमा आएको ओटीपी कोड राखी, अकाउन्ट नम्बर र दर्ता भएको फोन नम्बर राखेर सब्मिट गर्नु होस् । 

 

  • यदि छैन भने पुनः ईमेल वा मोबाइल नम्बरमा आएको ओटीपी कोड राख्नुपर्ने हुन्छ । 

  • यति गरिसकेपछि तपाईंले आफ्नो थप विवरण राख्नुपर्ने पेज खुल्छ । त्यहाँ भनिएका सबै डकुमेन्ट तथा विवरण उपलब्ध गराइसकेपछि तपाईंको अनुरोध बैंकमा पुग्छ । 

  • बैंकले तपाईंको क्रेडिट कार्ड तयार भइसकेपछि सम्पर्क गर्छ र तपाईं नजिकैको बैंक शाखामा गएर आफ्नो क्रेडिट कार्ड लिन सक्नुहुन्छ । 

 

डिम्याट खाताका लागि आवेदन 

बैंकका अनुसार यो अफर अन्तर्गत डिम्याट खाता खोल्ने प्रयोगकर्ताले चार वर्षसम्म कुनै शुल्क तिर्नु पर्दैन । डिम्याट खाता खोल्नका लागि भने सिद्धार्थ बैंकमा अकाउन्ट भएकै हुनुपर्छ । यदि तपाईंसँग सिद्धार्थ बैंकको अकाउन्ट छ भने तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले यहाँ क्लिक गरी डिम्याट अकाउन्ट सम्बन्धी सिद्धार्थ बैंकको पेजमा जानुहोस् । 

  • त्यसपछि ‘अप्लाई फर न्यु डिम्याट अकाउन्ट अनलाइन रजिस्ट्रेन (Apply for new demat account online registration) को अप्सनमा जानुहोस् । 

  • यति गरेपछि खाता छ भने ‘एस’ (Yes) र खाता छैन भने ‘नो’ बटन क्लिक गर्नुहोस् । 

  • त्यसपछि आवश्यक विवरणहरू भरेर अकाउन्ट डिटेल भरिफाइ गर्नुहोस् । 

 

अनलाइन मार्फत डिम्याट खाता खोल्ने आवेदकले डिम्याट खाता नम्बर प्राप्त गरिसकेपछि ६० दिनभित्र नजिकैको सिद्धार्थ बैंकको शाखा कार्यालय वा सिद्धार्थ क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता प्रमाणपत्रका साथ स्वयम् उपस्थित भई आवेदन प्रमाणित गर्नुपर्ने बैंकले जनाएको छ ।

यस बाहेक ६० दिन भित्र ईमेलमा प्राप्त लिङ्कमा गई भिडिओ केवाईसी अपडेट गर्न सकिने विकल्प समेत बैंकले दिएको छ । 

 

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १९:३८