close

नेपाली ब्राण्ड अल्टिमाको एटम५२० प्रो इयरबड सार्वजनिक हुँदै, सुरुवाती ५०० जनाले ९०० छुट पाउने

टेकपाना टेकपाना

पुस २३, २०८० १३:५३

नेपाली ब्राण्ड अल्टिमाको एटम५२० प्रो इयरबड सार्वजनिक हुँदै, सुरुवाती ५०० जनाले ९०० छुट पाउने

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले एटम ५२० प्रो (Atom 520 Pro) मोडेलको इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले सोमवार राति १२ बजे विभिन्न अनलाइन तथा अफलाइन स्टोरमा सो इयरबड सार्वजनिक गर्न लागेको हो ।

यसअघि २० हजार युनिट बिक्री भइसकेको ए ५२० भन्दा यो मोडेलमा अतिरिक्त फिचर समावेश हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २० हजार युनिट बिक्री गर्दा उक्त मोडेलले इन्टरनेटमा ४.५ स्टार रेटिङ प्राप्त गरेको थियो । 

ब्लुटुथ भर्सन ५.३ भएको यो इयरबडले १० मिटरसम्मको दूरीमा पनि सपोर्ट गर्ने बताइएको  छ । जसले आईपीएक्स फाइभ रेटिङ पाएको छ । (आईपीएक्स रेटिङ विद्युतीय उपकरणमा प्रवेश गर्न सक्ने पानी, धुलो र अन्य फोहोरहरू विरुद्ध सुरक्षा स्तरको तह हो । आईपीएक्स रेटिङ शून्यदेखि नौसम्म हुन्छ ।)

गेमिङ मोडमा ६० मिलिसेकेण्ड लो ल्याटेन्सी भएको इयरबड ड्राइभरको साइज १३ एमएम (मिलिमिटर) रहेको छ । 

ब्याट्रीको कुरा गर्नुपर्दा यसको केसमा ४०० एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ भने इयरबडमा ३५ एमएएचको ब्याट्री दिइएको छ । ७० प्रतिशत भोलुममा लगातार म्युजिक सुन्दा बड्सको ब्याट्री पाँच घण्टा र केसको ब्याट्री ३५ घण्टा टिक्ने दाबी गरिएको छ । 

केसलाई डेढ घण्टा र इयरबडलाई आधा घण्टामा फुल चार्ज गर्न सकिन्छ । टाइप-सी चार्जिङ पोर्ट रहेको एटम ५२० प्रो इयरबडमा चार ओटा माइक राखिएका छन् । 

यसमा न्वाइज क्यान्सिलेसन तथा टच कन्ट्रोल फिचर पनि पाउन सकिन्छ । यस किसिमको टच कन्ट्रोलबाट म्युजिक प्ले, पज, नेक्स्ट, फर्वार्ड, कल उठाउन वा काट्न सकिन्छ । 

जुन एन्ड्रोइड, आईओएस तथा विन्डोज प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । कम्पनीले यसमा छ महिनाको ब्रान्ड वारेन्टी र १५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ ।

यसका साथै सार्वजनिक हुने बित्तिकै खरिद गर्ने सुरुवाती ५०० ग्राहकलाई कम्पनीले ९०० रुपैयाँ छुट दिने घोषणा समेत कम्पनीले गरेको छ । यसको अर्थ सुरुवाती ग्राहकले यो इयरबड एक हजार ७९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

त्यसपछि एटम ५२० प्रो खरिद गर्दा ग्राहकलाई दुई हजार ६९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: पुस २३, २०८० १३:५३