close

संसदमा विद्युतीय हाजिरी अनिवार्य, सांसदहरूको उपस्थिति वेबसाइटमा राखिने

टेकपाना टेकपाना

माघ १९, २०८० १८:५५

संसदमा विद्युतीय हाजिरी अनिवार्य, सांसदहरूको उपस्थिति वेबसाइटमा राखिने

काठमाडौं । संघीय संसदमा विद्युतीय हाजिरी (ई-हाजिरी) अनिवार्य गरिएको छ । माघ २२ देखि सुरु हुने संसदको हिँउदे अधिवेशनबाट विद्युतीय हाजिरी लागू हुने संसद सचिवालयले जनाएको छ ।

यसका लागि सचिवालयले गत जेठदेखि नै सांसदहरूको बायोमेट्रिक लिन थालेको थियो ।

विद्युतीय हाजिरीका लागि संसद भवनको बैठक कक्ष बाहिर चार ओटा मसिन राखिएको छ भने सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीका लागि छुट्टै मसिनको व्यवस्था गरिएको छ ।

सांसदहरूको उपस्थिति वेबसाइटमा पनि राख्नेगरी तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १८:५५