close

सामसङ ग्यालेक्सी एस२४ अल्ट्रामा प्रयोग भएको टाइटानियम आईफोन १५ प्रोकोभन्दा कमसल

टेकपाना टेकपाना

माघ २२, २०८० १५:३

सामसङ ग्यालेक्सी एस२४ अल्ट्रामा प्रयोग भएको टाइटानियम आईफोन १५ प्रोकोभन्दा कमसल

काठमाडौं । सामसङ र एप्पल दुवैले आफ्नो पछिल्लो फ्ल्यागशिप स्मार्टफोन टाइटानियमबाट बनाइएको भन्दै विज्ञापन गरिरहेका छन् । ग्यालेक्सी एस २४ अल्ट्रा र एप्पल आईफोन १५ प्रो मोडेल दुवैमा मजबुत धातु प्रयोग गरिएको छ ।

यद्यपि एउटा परीक्षणमा सामसङ फोनमा प्रयोग भएको टाइटानियम आईफोनको तुलनामा कमजोर रहेको पाइएको छ । जेरिरिगइभ्रिथिङ (JerryRigEverything) का युट्युबर ज्याक नेल्सनले केही दिन अघि मात्र ग्यालेक्सी एस २४ अल्ट्रा सम्बन्धी एउटा भिडिओ अपलोड गरेका छन् ।

जुन सामसङले फोनमा प्रयोग गरेको टाइटानियमको मात्रा र प्रकारको बारेमा केही तथ्यहरूमा केन्द्रित छ । सुरुमा ती युट्युबरले एस २४ अल्ट्राको धातु पहिचान गर्न एउटा स्क्यानरको व्यवस्था गरेका छन् ।

त्यसमा फोनको भित्रि संरचना अधिकांश रूपमा आल्मुनियमबाट बनेको देखिन्छ, जब कि बाहिरी फ्रेम भने टाइटानियमबाट बनेको छ । सामसङले फोनमा २ नम्बर ग्रेडको टाइटानियम प्रयोग गरेको छ, जब कि एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्सको फ्रेममा राखेको टाइटानियम ५ नम्बर ग्रेडको हो ।

५ नम्बर ग्रेडको टाइटानियम २ नम्बर ग्रेडको टाइटानियम भन्दा धेरै नै मजबुत र टिकाउ धातु हो, किन कि यो टाइटानियम, आल्मुनियम र भेन्डानियमको मिश्रणबाट बनेको धातु हो । गुणस्तरकै कारण २ नम्बर ग्रेडको टाइटानियमको तुलनामा ५ नम्बर ग्रेडको टाइटानियम चार गुणा महँगो पनि छ । त्यसैले आधारभूत रूपमा तपाईंले आईफोन १५ प्रो मोडेलको फ्रेम ग्यालेक्सी एस २४ अल्ट्राको तुलनामा टिकाउ पाउनु हुनेछ । 

एप्पलले टाइटानियम ब्यान्डलाई भित्री फ्रेमसँग जोड्नका लागि निकै मजबुत सोलिड-स्टेट डिफ्युजन प्रक्रिया अपनाउँछ । जब कि सामसङ भने आल्मुनियम र टाइटानियम दुवै धातुलाई एकसाथ लक गर्न बीचमा प्लास्टिक राख्न ओभरमोल्डिङ विधि अपनाउँछ । 

ती युट्यबुरले सामसङ एस २४ को बडी पगालेर आल्मुनियम र प्लास्टिकलाई अलग्याउँदै सामसङले सम्भवत एस २४ अल्ट्रामा तीन देखि पाँच अमेरिकी डलरको टाइटानियम प्रयोग गरेको हुन सक्ने उल्लेख गरेका छन् । जब कि एप्पलले आईफोन १५ र १५ प्रो म्याक्समा सम्भतः १० देखि १५ अमेरिकी डलर मूल्यको धातु प्रयोग गरेको छ ।

निश्चित रूपमा यसमा धातुलाई आकार दिन र ढाल्न लाग्ने अतिरिक्त लागतको कुरा समेटिएको छैन । यद्यपि समग्र रूपमा एप्पलले एस २४ अल्ट्राको तुलनामा आईफोन १५ प्रो सिरिजमा उच्च गुणस्तरको र महँगो टाइटानियम प्रयोग गरिरहेको देखिन्छ । 

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १५:८