close

डिशहोम गोको सर्भरले काम नगर्दा नयाँ प्रयोगकर्तालाई नेपाल-क्यानडा क्रिकेट लाइभ हेर्न समस्या

टेकपाना टेकपाना

माघ २५, २०८० ११:९

डिशहोम गोको सर्भरले काम नगर्दा नयाँ प्रयोगकर्तालाई नेपाल-क्यानडा क्रिकेट लाइभ हेर्न समस्या

काठमाडौं । नेपाल क्यानडाबिच एकदिवसीय क्रिकेटको लाइभ हेर्न मिल्ने ओटीटी प्लेटफर्म डिशहोम गोको सर्भर डाउन भएको छ । एकै पल्ट धेरै ट्राफिक आउँदा एपमार्फत टेलिभिजन च्यानल हेर्न समस्या भएको हो । 

डिशहोमका महाप्रबन्धक रमेश सापकोटाले सर्भरले नयाँ प्रयोगकर्तालाई ओटीपी पठाउन र त्यसलाई प्रमाणीकरण गर्न समस्या भइरहेको बताए । “सिस्टममा देखिएको समस्या समाधान गर्ने प्रयास भइरहेको छ,” उनले भने, “एकै पल्ट एपको डाउनलोड अपेक्षा गरेभन्दा धेरै हुँदा यस्तो कठिनाइ निम्तिएको हो ।”

नेपाल भ्रमणमा रहेको क्यानडाको राष्ट्रिय क्रिकेट टिमले नेपालको राष्ट्रिय टिमसँग तीन ओटा खेलको शृङ्खला खेल्नेछ । ती सबै खेल डिशहोमको एक्सन स्पोर्ट्स एचडी १ च्यानलमार्फत लाइभ देखाउने व्यवस्था मिलाइएको छ । 

डिशहोमको डीटीएच, आईटिभी (डिशहोमको आईपीटिभी) र ओटीटी प्लेटफर्म डिशहोम गोका प्रयोगकर्ताले मात्रै उक्त च्यानलको लाइभ हेर्न सक्छन् ।

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८० ११:१०