close

ईकमर्स, फुड डेलिभरी तथा पेमेन्ट गेटवे बारे विद्यार्थीबीच ह्याकाथन प्रतिस्पर्धा हुँदै

टेकपाना टेकपाना

फागुन १, २०८० १२:३९

ईकमर्स, फुड डेलिभरी तथा पेमेन्ट गेटवे बारे विद्यार्थीबीच ह्याकाथन प्रतिस्पर्धा हुँदै

काठमाडौं । माध्यमिक शिक्षा (कक्षा १२ सम्म) अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरेर ‘अन्तर कलेज ह्याकाथन’ आयोजना हुने भएको छ ।एडटेक (शैक्षिक प्रविधि) प्लेटफर्म ‘सरल शिक्षा’ले ईमकर्स, फुड डेलिभरी, पेमेन्ट गेटवेजस्ता विषयमा विद्यार्थीबीच ह्याकाथन प्रतिस्पर्धा गर्न लागेको हो ।

३ देखि ८ फागुनमा सञ्चालन हुने ह्याकाथन तथा क्विज प्रतियोगितामा देशभरका विभिन्न स्कुल तथा कलेजले सहभागिता जनाउन सक्ने सरल शिक्षाका प्रमुख विरेन्द्र भट्टले बताए । 

“पछिल्लो समय प्रविधिको क्षेत्रमा थुप्रै नयाँ कामहरू भइरहेका छन्,” भट्टले टेकपानासँग भने, “त्यसैमा विद्यार्थीलाई यस क्षेत्रमा प्रेरित गर्न ह्याकाथन आयोजना गर्न लागेका हौं । विद्यार्थीले आजको आवश्यकतालाई मध्यनजर गर्दै ईकमर्स, फुड डेलिभरी र पेमेन्ट गेटवेका प्रोजेक्ट बनाउनुपर्ने हुन्छ ।”

यो ह्याकाथनमा काठमाडौं उपत्यकासहित देशभरका १०८ शैक्षिक संस्थामा तीन हजार बढी विद्यार्थीले सहभागिता जनाउने अनुमान छ ।

ह्याकाथनमा सहभागी हुने विद्यार्थीलाई आयोजकले दुई दिनसम्म तालिम दिनेछ । त्यसपछि विद्यार्थीलाई प्रोजेक्ट गर्न दिइनेछ । त्यसैबाट उत्कृष्ट परियोजनाहरू छनोट हुनेछन् ।

ह्याकाथनतर्फ सबै क्यटागोरिमा प्रथम हुने टिमले २० हजारका दरले नगद पुरस्कारसहित मेडल र प्रमाण पत्र पाउनेछन् । ह्याकाथनका लागि आउँदो शुक्रबारसम्म आवेदन दिन सकिनेछ । आवेदनपछि प्रतियोगिता ७ र ८ फागुनमा सञ्चालन हुनेछ ।

यो प्रतियोगिता टेक्सपायर कलेजमा सञ्चालन हुनेछ । सहभागी विद्यार्थीलाई २५ देखि १०० प्रतिशतसम्मको छात्रवृत्तिको व्यवस्था गरिएको भट्टले सुनाए । सहभागी हुन चाहने विद्यालयले यहाँ क्लिक गरी नाम दर्ता गर्न सक्नेछन् ।

कार्यक्रममा ह्याकाथनसँगै क्विज प्रतियोगिता पनि आयोजना हुनेछ । ​क्विजतर्फ प्रथम हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै फस्ट रनरअपले २५ हजार, सेकेन्ड रनरअपले साढे १२ हजार र थर्ड रनरअपले पाँच हजार रुपैयाँ पाउनेछन् । क्विज प्रतियोगिता ३ र ४ फागुनमा सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८० १३:४