close

नेपाल-भारतबीच डिजिटल भुक्तानी सुरु गर्न टीओआरमा हस्ताक्षर

टेकपाना टेकपाना

फागुन ४, २०८० १४:४४

नेपाल-भारतबीच डिजिटल भुक्तानी सुरु गर्न टीओआरमा हस्ताक्षर

काठमाडौं । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न नेपाल राष्ट्र बैंक र रिजर्भ बैंङ्क अफ इन्डियाले सम्झौताको सर्त (टीओआर) पत्रमा हस्ताक्षर गरेका छन् ।

भारतको युनिफाईड ‍पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालकाे नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)लाई एकीकरण गर्नेबारे दुई बैंकबीच  बिहीबार हस्ताक्षर भएको हो ।

गत जुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल-भारतबीचको अन्तरदेशीय विद्युतीय भुक्तानीबारे छलफल भएको थियो ।सोहीअनुसार दुई देशका केन्द्रीय बैंकले टीओआरमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणाली स्थापना गर्न बाटो खुल्ने बताइएको छ । साथै दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १५:१८