close

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी प्रतिवेदन कार्यान्वयन अगाडि बढाउने सरकारको निर्णय

टेकपाना टेकपाना

फागुन ६, २०८० २२:४०

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी प्रतिवेदन कार्यान्वयन अगाडि बढाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हाे ।

टंकमणि शर्मा संयोजक रहेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले माघ १५ गते आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो ।

सो प्रतिवेदनमा शेयर खरिद बिक्री अस्वाभाविक देखिएको तथा कानून बमोजिम प्रक्रियासम्मत रूपमा नभएको निष्कर्ष निकालिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० २२:४०