close

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर डाउन

टेकपाना टेकपाना

फागुन २२, २०८० २१:३६

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर डाउन

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार राति विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । 

विशेषगरी अकाउन्ट आफैं लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए ।

विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट अपडेट र एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् । टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ । 

कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् ।

डाउन डिटेक्टरले पनि फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन भइरहेको उल्लेख गरेको छ । मेटालेे भने यसबारे केही जानकारी दिएको छैन ।

 

 

पछिल्लो अध्यावधिक: फागुन २३, २०८० १०:५४