close

खेल र खेलाडीलाई निरन्तर सघाउँदै एनसेल

टेकपाना टेकपाना

फागुन २३, २०८० ११:३७

खेल र खेलाडीलाई निरन्तर सघाउँदै एनसेल

 

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ । कम्पनीले क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पाराओलम्पिक राष्ट्रिय खेलाडीलाई सहयोग पुर्‍याउँदै आएको हो ।

मङ्गलबार सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारको रूपमा आबद्ध भएको थियो । ‘हाम्रो साथ, नेपाली क्रिकेटलाई’ भन्ने थिमका साथ एनसेलले यी खेलहरूमा सहयोग पुर्‍याएको हो ।

यसैगरी ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा रहेर एनसेल ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’लगायतका फुटबल खेलमा आबद्ध भएको थियो । विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यु-१६, वुमन्स नेसनल च्याम्पियनशिप, महिला राष्ट्रिय टिमका साथै क्रिकेट अन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ आयोजना समेत गरेको थियो । 

‘हामी तपाईंकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पाराओलम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पाराओलिम्पिक टोलीलाई साथ र सहयोग दिंदै आएको छ । चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गर्दै कम्पनीले एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो ।

एनसेलले गत भदौमा आफ्नो सेवा सञ्चालनको १८ औं वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्य घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पाराओलम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ ।

गल्फ, पर्यटन प्रवर्द्धनसहित आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने उद्देश्यले यही चैत १ देखि ३ गतेसम्म पोखरामा एक कार्यक्रम हुँदैछ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका पनि यो कार्यक्रममा सहआयोजकका रूपमा आबद्ध छन् । 

पछिल्लो अध्यावधिक: फागुन २३, २०८० ११:३७