close

सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकका लागि सरकारले माग्यो सरोकारवालाको सुझाव

टेकपाना टेकपाना

फागुन २७, २०८० १४:४६

सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकका लागि सरकारले माग्यो सरोकारवालाको सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सार्वजनिक राय तथा​ सुझाव माग गरेको छ । आफ्नो वेबसाइटमा विधेयकको मस्यौदा राख्दै मन्त्रालयले सरोकारवालाबाट सुझाव माग गरेको हो ।

सूचना प्रविधिको विकास, प्रवर्द्धन र नियमन गर्न, विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्न तथा विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्ने सम्बन्धमा साइबर स्पेसमा संकलित, प्रशोधित, प्रकाशित वा प्रसारित सूचना तथा सूचना प्रविधि प्रणालीको गोपनीयता राख्न, सूचना प्रविधि तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन गर्न, अनुसन्धान गर्न र यस क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको हो ।

विधेयकमा सूचना प्रविधि तथा साइबर सुरक्षा संरचना सम्बन्धी व्यवस्था, विद्युतीय अभिलेख सम्बन्धी व्यवस्था, विद्यतुीय माध्यमबाट सेवा प्रवाह सम्बन्धी व्यवस्था, डोमेन नेम दर्ता तथा व्यवस्थापन, सूचना प्रविधि सम्बन्धी उद्योग र व्यवसाय सम्बन्धी व्यवस्था, सूचना सुरक्षा तथा गोपनीयता सम्बन्धी व्यवस्था, साइबर सुरक्षा क्षेत्र सम्बन्धी व्यवस्था लगायत समावेश छन् ।

इच्छुकले १५ दिनभित्र विधेयकको मस्यौदा उपर [email protected] मा सुझावसहित ईमेल पठाउन सक्नेछन् ।

यस्तो छ विधेयकको मस्यौदा

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० १४:५१