close

सिद्धार्थ बैंकको नाममा फेसबुकमा ठगी धन्दा, सतर्क रहन अनुरोध

टेकपाना टेकपाना

चैत १०, २०८० १३:९

सिद्धार्थ बैंकको नाममा फेसबुकमा ठगी धन्दा, सतर्क रहन अनुरोध

काठमाडौं । आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालहरूमा प्रयोग भइरहेकाले सतर्क हुन सिद्धार्थ बैंकले अनुरोध गरेको छ । एक सूचनामार्फत आफ्नो नाम र लोगो दुरुपयोग भइरहेकाले सतर्क हुन बैंकले अनुरोध गरेको हो ।

सूचना अनुसार सामाजिक सञ्जालमा नक्कली पेज बनाउन र कमेन्ट बक्समा अनधिकृत लिङ्क शेयर गर्न बैंकको नाम र लोगोको दुरुपयोग गरिएको छ । त्यस्ता कमेन्टमा भने कुनै गिभअवेमा पुरस्कार जितेको भनेर दर्ता गर्न एउटा लिङ्क दिइएको देख्न सकिन्छ, जुन हेर्दा स्क्याम जस्तो देखिन्छ ।

“नक्कली पेज तथा प्रोफाइल बनाई सिद्धार्थ बैंकको सामाजिक सञ्जालमा गैरजिम्मेवारीपूर्वक कमेन्ट भइरहेकाले कमेन्टमा दिइएको कुनै पनि अनधिकृत लिङ्क क्लिक नगर्न अनुरोध गर्दछौं,” बैंकले सूचनामा भनेको छ ।

त्यस्तै बैंकले आफ्नो आधिकारिक पेज मात्र फलो गर्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८० १३:९