काठमाडौं । ‘स्टिम’ अर्थात् विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा लैङ्गिक समानताका लागि काम गर्ने संस्था स्मार्ट चेलीले कोडिङ क्याम्प आयोजना गर्ने भएको छ । विद्यालय तहका विद्यार्थीलाई कोडिङ सिकाउने उद्देश्यसहित स्मार्ट चेलीले छ दिने कोडिङ क्याम्प गर्ने सञ्चालन गर्ने भएको हो ।
उक्त क्याम्पमा सहभागी विद्यार्थीले कोडिङको आधारभूत सिद्धान्त, एल्गोरिदम डेभलपमेन्ट, गेम डेभलपमेन्ट लगायतका आधारभूत सीप सिक्न सक्ने स्मार्ट चेलीले जनाएको छ । कोडिङ क्याम्प कुपन्डोलमा अवस्थित स्मार्ट चेलीको कार्यालयमा हुनेछ ।
यही १९-२५ चैतसम्म आयोजना हुने कोडिङ क्याम्प अन्तर्गतको सिकाइ समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ । सीमित सिट सङ्ख्या रहेको यस कोडिङ क्याम्पसमा सहभागी हुन साढे छ हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।