काठमाडौं । साओमीले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारी अफर घोषणा गरेको छ । यसअन्तर्गत रेड्मी १३ सिरिजका फोन किन्दा कम्पनीले इयरबड निःशुल्क दिनुका साथै विशेष छुटमा स्मार्टवाच उपलब्ध गराउने भएको छ ।
कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस फाइभजी खरिदमा ग्राहकले रेड्मी बड्स फोर एक्टिभ निःशुल्क पाउनेछन् भने ५,६९९ रूपैयाँ पर्ने रेट्मी वाच थ्री एक्टिभ ३,४९९ रुपैयाँमै प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् ।
यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने कम्पनीको विश्वास छ ।