close

क्रोममा सेभ भएका पासवर्ड अरूलाई थाहा नदिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत २६, २०८० ११:४१

क्रोममा सेभ भएका पासवर्ड अरूलाई थाहा नदिन यसो गर्नुहोस्

काठमाडौं । क्रोम अहिलेको सबैभन्दा लोकप्रिय र सुरक्षित मध्येको एक ब्राउजर हो । यसमा रहेका सुरक्षा सम्बन्धी टुलहरूले डेटा र पासवर्ड सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । 

तर, तपाईंको कम्प्युटर अरू कसैले प्रयोग गरिरहेको छ भने त्यहाँ सेभ भएका पासवर्ड त्यस्तो व्यक्तिले थाहा पाउने जोखिम उच्च हुन्छ । त्यस बाहेक पासवर्ड राख्नुपर्ने बेला अटोफिल पासवर्ड अन छ भने अर्को व्यक्तिले क्रोममा रहेका ती पासवर्ड सहजै देख्न देख्छ । 

यस्तोमा क्रोममा रहेका पासवर्ड सुरक्षित गर्न विन्डोज कम्प्युटरमा तपाईंले विन्डोज हेलो प्रयोग गर्नुपर्ने हुन्छ । यो एउटा त्यस्तो टुल हो, जसले क्रोममा सेभ भएका तपाईंका पासवर्ड लगायतका डेटा लक गरेर राख्छ । 

कसरी प्रयोग गर्ने विन्डोज हेल्यो ?

विन्डोज हेलोलाई क्रोममा इन्टिग्रेट गर्नुअघि तपाईंले सिस्टमको सेटिङबाट इनेबल गर्नुपर्ने हुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

१) सबैभन्दा पहिले विन्डोज  र आई (Win+I) कि एकसाथ थिच्नुहोस् । 

२) अनि बायाँपट्टि रहेको अकाउन्टस्‌को अप्सन छान्नुहोस् र साइन-इनमा जानुहोस् । 

३) त्यहाँ गइसकेपछि फेसियल रिकग्निसन, फिङ्गरप्रिन्ट रिकग्निसन, पिन, सेक्युरिटी कि, पासवर्ड र पिक्चर पासवर्ड अप्सन देख्न सकिन्छ । 

४) क्रोममा सेभ भएका पासवर्ड तपाईंको अनुहार देखिंदा वा फिङ्गरप्रिन्ट राख्दा मात्र खुलोस् भन्ने चाहनु हुन्छ भने तपाईंको डिभाइसमा यी फिचर उपलब्ध हुनुपर्छ । उपलब्ध छन् भने ती विकल्प प्रयोग गर्न सक्नुहुन्छ । तर उपलब्ध छैनन् भने पिन, सेक्युरिटी कि, पासवर्ड र पिक्चर पासवर्ड राख्न सक्नुहुन्छ ।

५) पासवर्ड सेक्युरिटीको अप्सन छानिसकेपछि क्रोममा जानुहोस् । 

क्रोममा रहेका पासवर्ड सुरक्षित राख्न हेल्लो विन्डोज सेटअप गर्ने तरिका

- सबैभन्दा पहिला आफ्नो विन्डोज कम्प्युटरमा गुगल क्रोम खोल्नुहोस् । अनि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

- यति गरेपछि अटोफिल एण्ड पासवर्ड (Autofill and Passwords) को अप्सनमा जानुहोस् । र, गुगल पासवर्ड मेनेजरको अप्सन छान्नुहोस् । 

- अनि अन्तिममा रहेको सेटिङको अप्सन छान्नुहोस् । त्यसपछि त्यहाँ ‘Use Windows Hello when filling passwords’ को अप्सन अन गर्नुहोस् । यसरी तपाईंले क्रोममा विन्डोज हेलो सेट गर्न सक्नुहुन्छ । 

विन्डोज हेलोका फाइदा र बेफाइदा

विन्डोज हेलोका थुप्रै फाइदा छन् । तर, तपाईंको विन्डोजले त्यो फिचर सपोर्ट भने गर्नुपर्ने हुन्छ । यदि यो सेवा उपलब्ध छ भने तपाईंको पासवर्ड अनाधिकारिक पक्षले थाहा पाउन सक्दैन । त्यसैले पनि यसलाई सुरक्षित राख्ने परम्परागत तरिकाभन्दा स्तरीय र बढी सुरक्षित मानिन्छ । 

यसको बेफाइदा पनि छ, त्यो भनेको तपाईंको डिभाइसमा विन्डोज हेलो सपोर्ट गर्ने प्रविधि हुनुपर्छ । कतिपय अवस्थामा हार्डवेयर फेल हुँदा पनि तपाईंले सेभ भएको पासवर्डमा पहुँच नपाउने सम्भावना उच्च हुन्छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८० ११:४१