close

यसरी गुगल डक्सबाटै बनाउनुहोस् ईमेल सिग्नेचर

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १२:२८

यसरी गुगल डक्सबाटै बनाउनुहोस् ईमेल सिग्नेचर

काठमाडौं । प्राय: तपाईं ईमेल लेखिरहनु हुन्छ भने तपाईंका लागि एउटा राम्रो ईमेल सिग्नेचर हुन जुरुरी छ । किनकी ईमेल पाउने मान्छेले उक्त सिग्नेचर हेरेर तपाईंबारे थाहा पाउन सक्छन् । जति राम्रो ईमेल सिग्नेचर, उति तपाईंको मेल प्रोफेसनल देखिन्छ । 

ईमेल सिग्नेचर बनाउने विभिन्न तरिका छन् । आज हामी सामान्य तरिकाले गुगल डक्सको प्रयोग गरी जिमेलका लागि राम्रो ईमेल सिग्नेचर बनाउनेबारे जानकारी दिने छौं: 

-सबैभन्दा सुरुमा गुगल डक्स खोल्नुहोस् ।

-इन्सर्टमा गएर टेबलमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले एउटा रो र दुई ओटा कोलम छान्नुहोस् 

-पहिलो 'सेल'मा क्लिक गरी इन्सर्टबाट आफू आबद्ध कम्पनीको लोगोको फोटो हाल्नुहोस् । उक्त फोटो पीएनजी फाइल प्रयोग भए राम्रो हुन्छ ।

-र्को सेलमा आफ्नो नाम, पद, सम्पर्क नम्बर, ठेगाना, वेबसाइट जस्ता जस्ता वैयक्तिक विवरण राख्नुहोस् । यस बेला फरक टेक्स्ट राखेर बोल्ड, इटालिक लगायतका सेटिङ पनि तपाईंले मिलाउन सक्नुहुन्छ ।

-अब माथिल्लो मेनुबारमा भएको तीन ओटा डटमा क्लिक गरी टेबल सेटिङमा जानुहोस् । अनि कलरमा क्लिक गरी टेबल बोर्डरको रङ सेतो छान्नुहोस् । 

-अब उक्त टेबल सेलेक्ट गरेर पुरै कपि गर्नुहोस् । र जिमेल खोल्नुहोस् ।

-जिमेल सेटिङमा जेनेरलमा जानुहोस् । अनि अलि तल भएको सिग्नेचर सेक्सनमा जानुहोस् ।

-त्यहाँ भएको 'क्रियट वान' मा क्लिक गरेर सिग्नेचरको नाम दिनुहोस् ।

-त्यसपछि अघि तपाईंले राख्नुको नाम एकातिर र अर्को तिर खाली भएको बक्स देखिन्छ । त्यही खाली भएको बक्समा अघि कपि गरेको सिङनेचर पेस्ट गर्नुहोस् ।

 

-अलि तल स्क्रोल गर्नुहोस् । त्यहाँ सिग्नेचर डिफल्ट सेटिङ देखिन्छ । त्यहाँबाट अहिले बनाउँदै गरेको सिङनेचर नाम छान्नुहोस् ।

ईमेल सेटिङमा यति सबै मिलाएपछि सबैभन्दा भन्दा तल गएर 'सेभ चेन्जेज'मा क्लिक गर्नुहोस् ।

-यति गरेपछि कुनै पनि नयाँ ईमेल लेख्न साथै तपाईंले बनाउनु भएको सिग्नेचर देखा पर्न थाल्छ ।

 

यसरी तपाईंले गुगल डक्सको प्रयोग गरी सजिलै आकर्षक र प्रोफेस्नल ईमेल सिग्नेचर बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १२:४५