काठमाडौं । इन्टरनेटको दुनियाँमा वाई-फाई सेभेन अहिलेसम्मको सबैभन्दा अपग्रेडेड भर्सन हो । हालै वाई-फाई अलायन्सले वाई-फाई सेभेन घोषणा गरेको छ । यो एउटा गैरनाफामूलक संस्था हो, यसले वाई-फाई ट्रेडमार्कको स्वामित्व ग्रहण गर्ने गर्छ ।
वाई-फाईको यस भर्सन गति, क्षमता र लेटेन्सीको मामिलामा अघिल्लो पुस्ताको तुलनाभन्दा धेरै अघि छ । वाई-फाई सिक्स तथा वाई-फाई सिक्स ई पूर्ण रुपमा नआउँदै वाई-फाई सेभेन आउनुलाई निकै उत्साहित रुपमा हेरिएको छ ।
किनकी यो आफ्नो पछिल्लो पुस्ताहरूभन्दा निकै गुणा छिटो छ । यसकारण आफ्नो मोबाइल फोनले वाई-फाई सेभेन सपोर्ट गर्छ/गर्दैन थाहा पाउन उत्साहित हुनु स्वा भाविक छ । अझ तपाईंले हालै आएका नयाँ मोडल खरिद गर्नु भएको छ भने यो जिज्ञासा आउनु सामान्य हो । सोहीकारण आज हामी वाई-फाई सेभेन सपोर्ट गर्ने अहिलेका फोन र अब आउन सक्ने फोनबारे जानकारी दिने छौं ।
वाई-फाई सेभेन सपोर्ट गर्ने अहिलेका स्मार्टफोन (अप्रिल २०२४ सम्म)
माथि नै उल्लेख गरिसकेका छौं, वाई-फाई सेभेन हालै घोषणा गरिएको हो । र यसको सञ्चालन कमै भएको छ । यद्यपि प्राविधिक रुपमा निम्न फोनहरूले वाई-फाई सेभेन सपोर्ट गर्छन् :
-एसुस आरओजी फोन सेभेन
-एसुस आरओजी फोन एट प्रो
-एसुस जेनफोन टेन
-एसुस जेनफोन ११ अल्ट्रा
-गुगल पिक्सेल एट
-गुगल पिक्सेल ८ प्रो
-मोटोरोला एज ५० अल्ट्रा
-मोटोरोला एज प्लस
-नुबिया जेट ५० एस प्रो
-वन प्लस १२
-वन प्लस एक थ्री
-वन प्लस ओपन
-सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा
-सामसङ ग्यालेक्सी एस २४
-सामसङ ग्यालेक्सी जेट फोल्ड फाइभ
-भिभो एक्स फोल्ड थ्री
-भिभो एक्स फोल्ड थ्री प्रो
-भिभो एक्स १००
-भिभो एक्स १०० प्रो
-जेडटीई नुबिया रेड म्याजिक नाइन प्रो
-जेडटीई नुबिया रेड म्याजिक नाइन प्रो प्लस
-एसुस आरओजी फोन सेभेन
-एसुस आरओजी फोन एट प्रो
-एसुस जेनफोन टेन
-एसुस जेनफोन ११ अल्ट्रा
-गुगल पिक्सेल एट
-गुगल पिक्सेल ८ प्रो
-मोटोरोला एज ५० अल्ट्रा
-मोटोरोला एज प्लस
-नुबिया जेट ५० एस प्रो
-वन प्लस १२
-वन प्लस एक थ्री
-वन प्लस ओपन
-सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा
-सामसङ ग्यालेक्सी एस २४
-सामसङ ग्यालेक्सी जेट फोल्ड फाइभ
-भिभो एक्स फोल्ड थ्री
-भिभो एक्स फोल्ड थ्री प्रो
-भिभो एक्स १००
-भिभो एक्स १०० प्रो
-जेडटीई नुबिया रेड म्याजिक नाइन प्रो
-जेडटीई नुबिया जेट ६० अल्ट्रा
अब आउने फोनमा वाई-फाई सेभेन (२०२४ मा अपेक्षित)
वाई-फाई सेभेन सपोर्ट सहितका अब २०२४ मा आउन सक्ने फोनहरूको सूचि तल दिइएको छ ।
-आईफोन १६ प्रो
-आईफोन १६ प्रो म्याक्स
यी बाहेक पिक्सेल नाइनका सिरिज, पिक्सेल एट ए, सामसङ ग्यालेक्सी जेट फ्लिप सिक्स, वन प्लस ओपन टू लगायतका फोनमा पनि वाई-फाई सेभेन सपोर्ट हुन सक्छ ।
वाई-फाई सेभेन सपोर्ट गर्ने फोन कसरी थाहा पाउने
अहिलेको अवस्थामा कुनै पनि फोनमा वाई-फाई सपोर्ट हुन निम्न कुरा हुनु आवश्यक छ ।
-अपरेटिङ सिस्टम एन्ड्रोइड १३ वा त्योभन्दा माथि
-क्वालकमको फास्ट कनेक्ट ७८०० नेटवर्क एडप्टर
-स्नापड्रागन ८ जेन थ्री चिप
-टेन्सर जीथ्री (पिक्सेल फोनमा मात्र)
यद्यपि यी माथिका सबै सर्त पूरा भए पनि फोनले वाई-फाई सेभेन सपोर्ट गर्दैन । कम्पनीले इन-बिल्ट रुपमा वाई-फाई सेभेन सपोर्ट गर्ने फिचरलाई डिसेबल गरेका हुन्छन् । यो अवस्था सामसङले २०२३ मा निकालेको फ्ल्यागशिप छ ।